आजदेखि सुरुभयो आन्तरिक हवाई उडान, विमानस्थलमा बढ्यो चहलपहल « Khabarhub

आजदेखि सुरुभयो आन्तरिक हवाई उडान, विमानस्थलमा बढ्यो चहलपहल



काठमाडौँ– कोभिड–१९ महामारी कहरकाबीच ६ महिनापछि आन्तरिक हवाई उडान सुरु भएको छ ।

विभिन्न ९ वायुसेवा कम्पनीमध्ये ८ वटाले आजदेखि उडान सुरु गरेका छन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि खुलेसँगै विमानस्थलको आन्तरिक टर्मिनलमा चहलपहल बढेको छ ।

सामान्य अवस्थामा हुँदै आएका उडानको २५ प्रतिशत मात्र संचालन गर्नेगरी अनुमति दिईएको उडानमा विशेष अवस्थाको स्वास्थ्य मापदण्ड लागु हुने भएको छ ।

विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले बनाएको कोरोना सम्बन्धि मापदण्ड अनुसार स्वास्थ्य सर्तकता अपनाउनु पर्नेछ ।

नयाँ व्यवस्था अनुसार उडान समयभन्दा कम्तीमा दुई घन्टाअघि नै यात्रु विमानस्थल पुग्नु पर्नेछ भने हाते झोला र अत्यावश्यक सामान मात्र लैजान पाइने भएको छ ।

यात्रुको पीसीआर परीक्षण रिपोर्ट अनिवार्य नभएपनि स्वयम् व्यक्तिले स्वस्थ्य रहेको घोषणा पत्रसहित विस्तृत फारम भर्नुपर्ने मापदण्ड बनाईएको छ ।

हेर्नुहोस् विमानस्थलमा देखिएको चहलपहल

 

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ४ : ४१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना