पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षीहरु एकजुट | Khabarhub Khabarhub

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षीहरु एकजुट


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको विरुद्धमा विपक्षी दलहरु एकजुट भएका छन् ।

उनीहरुले खानविरुद्ध आन्दोलन गर्ने तयारीसहित विपक्षी गठबन्धन पनि बनाएको घोषणा गरेका छन् । उनीहरुले खानले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

विपक्षी दलहरुको सर्वदलीय सम्मेलनमार्फत् २६ बुँदे संयुक्त सम्झौता पत्र पनि सार्वजनिक गरेका छन् ।

सर्वदलीय सम्मेलनमा पाकिस्तान पिपल्स पार्टी (पीपीसी), पाकिस्तान मुस्लीम लिग नवाज, जमैत उलेमा ए इस्लाम पजललगायतका पार्टीहरु सहभागी भएका थिए ।

गठबन्धनमा आबद्ध दलहरुले संयुक्त बैठकपछि संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौतापत्र सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा जेयुएल एफका प्रमुख मौलाना फजल उर रहमानले सम्झौतापत्र बाचन गर्दै आन्दोलन र गठबन्धनका बारेमा जानकारी दिएका थिए ।

गठबन्धनको नाम पाकिस्तान लोकतान्त्रीक आन्दोलन राखिएको छ । उनीहरुले देशव्यापी आन्दोलन तथा प्रदर्शनहरु गर्ने तय गरेका छन् । आन्दोलन अक्टोबरदेखि हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री खानले गलत कुरालाई स्थापित गर्न खोजेको, निर्वाचनमा प्रभावमा शक्तिको दुरुपयोग गरेको लगायतका आरोपहरु उनीहरुले लगाएका छन् ।

अन्तर्राष्ट्रिय ख्यातीप्राप्त पूर्व क्रिकेटर तथा भ्रष्टाचार विरोधी अभियन्ता खानले सरकार बनाएको सुरुका दिनमा निकै लोकप्रियता हासिल गरेका थिए । उनको बारेमा विश्वका अन्य देशहरुले समेत प्रशंसा गर्ने गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ८ : ३५ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला