मेरो शरीरमा ‘नोभिचोक’ प्रयोग भयो- नाभाल्नी « Khabarhub

मेरो शरीरमा ‘नोभिचोक’ प्रयोग भयो- नाभाल्नी


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीले आफ्नो शरीरमा सोभियतकालीन समयमा प्रयोग भएको कडा खालको स्नायुविष ‘नोभिचोक’ प्रयोग भएको पश्चिमी प्रयोगशालाहरूले पुष्टि गरेको बताएका छन् ।

उनले शरीरमा ‘नोभेचोक’ स्नायु एजेंटको सङ्केत भेटिएको बताउँदै थप अनुसन्धानका लागि आफ्नो लुगा फिर्ता गर्न रूसी सरकारसँग माग गरेका छन् ।

बर्लिनको एक अस्पतालमा उपचारपछि स्वास्थ्य लाभ गरिरहेका नाभाल्नी गत अगस्ट २० मा साइबेरियाबाट मस्कोको उडानमा रहेका समय बिरामी परेपछि उनी चढेको विमानलाई बिचैमा अवतरण गराई अस्पताल भर्ना गरिएको थियो । उनलाई उपचार गर्न जर्मनी लग्नु पहिले दुई दिन रूसको अस्पतालमा उपचार गरिएको थियो ।

“फ्रान्स र स्विडेनमा दुई स्वतन्त्र प्रयोगशालाहरू र बुन्डेश्वेहर विशेष प्रयोगशालाले मेरो शरीरमा नोभेचोकको उपस्थिति पुष्टि गरेका छन्,” जर्मन सेनाको प्रयोगशालालाई संकेत गर्दै कोमाबाट सामान्य अवस्थामा फर्केकारूसी विपक्षी नेता नाभाल्नीले पहिलो पटक सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको थियो ।

उनले रसियाले अझै अनुसन्धान खोलेको छैन । रुसी सञ्चारमाध्यमहरूले प्रशारण गरेको समाचारहरूमा पश्चिमी खुफिया अधिकारीहरू वा नाभाल्नीको आफ्नै सहयोगीहरूले उक्त आक्रमण गरेको सुझाव दिएका समेत नाभाल्नीका समर्थकहरूले बताएका छन् ।

नाभाल्नी रूसी राष्ट्रपतिका कट्टर आलोचक मानिन्छन् ।

“मैले अरू केहि पनि आशा गरेको छैन,” उनले लेखेका छन् । रूसी अधिकारीहरूले अनुसन्धानको लागि आफ्नो लुगा फिर्ता गर्न नाभाल्नीले माग गरेका छन् । लुगामा महत्वपूर्ण प्रमाणहरू हुनसक्छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १० : ३० बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका