देशका विभिन्न स्थानमा ५ जना मृत फेला « Khabarhub

देशका विभिन्न स्थानमा ५ जना मृत फेला


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न ठाउँमा ५ जना मृत फेला परेका छन् । सुनसरी, डोटी, अर्घाखाँची, रुपन्देही र काभ्रेमा एक एक जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बत्तिसस्थित झुम्का नहरमा सोही ठाउँ बाङगे बस्ने ६२ वर्षीय खड्ग बहादुर कटुवाल आइतबार दिउँसो मृत फेला परेका छन् । शनिबार घाँस काट्न भनी घरबाट निस्केका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा मृत फेला परेका हुन् ।

त्यस्तै अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ ढिकुरा बस्ने ४२ वर्षीया ईन्दिरा कुँवर सोही ठाउँस्थित भिरबाट लडेर आइतबार साँझ मृत अवस्थामा फेला परेकी छन् । घर नजिकै रहेको आफ्नै खरयानमा घाँस काट्न भनी गएकी उनी अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत फेला परेकी हुन् ।

रुपन्देहीको देबदह नगरपालिका-११ कम्दिहरपुरस्थित पाठक ईट्टा भट्टामा लेवर काम गर्ने ओमसतीया गाउँपालिका-६ बस्ने ३८ वर्षीय मोहन कहार उक्त ईटाँभट्टाको कम्पाउण्डभित्र आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेको पाँचखाल नगरपालिका-८ चौउन्न किलोस्थित चाहखोलाको छेउमा मण्डनदेउपुर नगरपालिका-१ चन्दने बस्ने नवराज दमाईको छोरा ३ वर्षीय सरोज दमाई आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । शुक्रबार आमा सुनिता बर्देबासँग मामाघर सिन्धुपाल्चोक मेलन्ची गई घरतर्फ फर्कने क्रममा सरोज उक्त स्थानबाट हराएको भन्ने बुझिन आएको छ ।

त्यस्तै डोटीको पूर्वी चौकी गाउँपालिका-६ मुलापानी बस्ने ४५ वर्षीय भीम बहादुर श्रेष्ठ आइतबार दिउँसो सोही ठाउँस्थित चरी भीरमा मृत अवस्थामा फेला परेका छन् । बुधबार घरबाट पैसा असुली गर्न जान्छु भनि हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १२ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार