चाकुखोला आयोजनाबाट पुनः विध्युत उत्पादन शुरु « Khabarhub

चाकुखोला आयोजनाबाट पुनः विध्युत उत्पादन शुरु


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको चाकुखोला साना जलविद्युत् आयोजनामा मङ्गलबारदेखि पुनः विद्युत उत्पादन शुरु भएको छ ।

बाढीपहिराबाट क्षतिग्रस्त भई बन्द रहेको ६.५ मेगावाट क्षमताको चाकुखोला साना जलविद्युत् आयोजनाबाट मंगलबारदेखि अस्थायी रुपमा पुनः विद्युत उत्पादन शुरु गरिएको हो ।

हेडवर्क्स  तयार हुन करिब ४ महिना समय लाग्ने भएकाले अस्थायीरूपमा पानी ‘डाइभर्ट’ गरी उत्पादित विद्युत्लाई लामोसाधु सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारणलाइनमा जोडिएको आयोजनाका मेनेजर शोभाकान्त हमालले बताए । निजी क्षेत्रको लाफिङ बुद्ध प्रालिद्वारा भोटेकोशी गाउँपालिका वडा नं ४ र ५ को बिचमापर्ने चाकुखोलामा निर्मित ३ आयोजना गत असार २१ गते राति आएको बाढी र पहिराले क्षतिग्रस्त भई बन्द भएका थिए ।

त्यति बेलासँगै रहेको शिवश्री हाइड्रोपावरको निर्माणाधीन आयोजनालाईसमेत क्षति पुगेको र दुई कामदारलाई बगाउनुका साथै दुई घाइते भएका थिए । एकजना कामदार अझै बेपत्ताकै अवस्थामा छन् ।

बाढी र पहिराले हेडवर्क्स, इन्टेक, ट्रान्समिशन, विद्युत् गृह, कर्मचारी आवास गृह, टेलरेश र स्वीचयार्ड समेतमा क्षति पुगेको थियो । उक्त आयोजनालाई २०७२ को विनाशकारी भूकम्प र २०७४ असार ३१ गतेको बाढी तथा पहिराले समेत क्षति पुर्‍याइ लामो समयसम्म उत्पादन बन्द भएको थियो ।

आयोजनाका मेनेजर हमालका अनुसार क्षतिग्रस्त आयोजना पुनःनिर्माण गर्न रु २० करोड भन्दा बढी लाग्ने अनुमान गरिएको छ । उक्त कम्पनीले त्यहाँ १.८ मेगावाटको मिडडल चाकु, बिचको चाकुखोला तीन मेगावाट र तल्लो चाकु १.७५२ मेगावाटसहित तीन आयोजनाबाट कूल ६.५ मेगावाट विद्युत् उत्पादन हुँदै आइरहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  २ : ५६ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना