प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेता कोइराला « Khabarhub

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : नेता कोइराला


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

आफ्नो मन्त्रिमण्डलका सदस्य यति ठूलो घुस प्रकरणमा फसेपछि प्रधानमन्त्रीले नैतिकता देखाउनु पर्ने उनको भनाइ थियो ।

सरकारको नेतृत्वकर्ताका हैसियतमा कमिसन प्रकरणलाई लिएर प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने उनको तर्क थियो।

‘भ्रष्टचारीको मुख पनि हेर्दिन भन्ने, सुशासनका कुरा गरेर नथाक्ने प्रधानमन्त्रीले आफैँले बनाएका मन्त्रीको कमिसन बार्गेनिङको अडियो सार्वजनिक भएपछि नैतिकता देखाउनुपर्छ’, उनले भने, ‘उहाँले तत्काल राजीनामा दिनुपर्छ।’ सरकाले सुशासनको नारा दिए पनि भ्रष्टहरुको झण्डलाई पालेर बसेको उनको आरोप थियो ।

‘मुलुक अत्यन्त गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ। देशमा हाल नियन्त्रित प्रजातन्त्र, सुशासनरहित अवस्थाका कारण मौलाएको भ्रष्टाचारले गर्दा मुलुक नै भड्खालोमा जाने सम्भावना रहेको छ’, उनले भने। सरकारका मन्त्री भ्रष्टाचार काण्डमा मुछिनु गलत भएको उल्लेख गर्दै निष्पक्ष छानविनको मागसमेत गरे।

फरक प्रसंगमा नेता कोइरालाले काँग्रेसलाई जीवन्त राख्न महाधिवेशन आवश्यक रहेको बताए ।

नेपाल प्रेस युनियन बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने “गुट र उपगुटमा डुबेको काँग्रेसलाई त्यसबाट बचाउन पनि महाधिवेशन आवश्यक छ ।”

नेता डा कोइरालाले १४औँ महाधिवेशनबाट काँग्रेसलाई गुट उपगुटमुक्त बनाउनुपर्नेमा जोड दिदैं महाधिवेशनको तयारीमा लाग्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले कुनै पनि अवस्थामा राजतन्त्र फर्कन नसक्ने बताउँदै आफूहरु बिपीको विचार, राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अघि बढाएर लैजानपर्छ भन्ने कुरामा दृढ रहेको बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ५ : २८ बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : पूर्वप्रधानन्यायाधीश रेग्मी

काठमाडौं – पूर्वप्रधानन्यायाधीश खिलराज संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका साथ मुलुकलाई

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम