स्पेनमा एकै दिन ३९ सय नयाँ संक्रमित, ज्यान गुमाउनेको संख्या १३ सय ७८ पुग्यो  | Khabarhub Khabarhub

स्पेनमा एकै दिन ३९ सय नयाँ संक्रमित, ज्यान गुमाउनेको संख्या १३ सय ७८ पुग्यो 


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलकमा तीव्र रुपमा देखिएको छ ।

सबैभन्दा बढी इटालीमा प्रभाव परेको छ भने स्पेनमा पनि कोरोनाको संक्रमण बढ्दो रुपमा देखिएको छ ।  स्पेनमा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २५ जना नयाँ संक्रमित देखा परेसँगै जम्मा संक्रमितको संख्या २५ हजार ४ सय ९६ पुगेको छ ।

२४ घण्टाको अवधिमा स्पेनमा २ सय ८५ जनाले ज्यान गुमाएका छन् । योसँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ७८ पुगेको छ ।

स्पेनमा कोरोनाका कारण संक्रमित मध्ये २ हजार १ सय २५ जना निको भएर घर फर्केका छन् भने २१ हजार ९ सय ९३ जना उपचाररत छन् । जसमध्य १ हजार ६ सय १२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार नाघेको छ ।

सङ्क्रमित ३ लाख ६ हजार ६ सय ७७ मध्ये अहिलेसम्म १३ हजार १७ जनाको ज्यान गएको छ । ९४ हजार ७ सय ९८ जना उपचारपछि घर फर्किएका छन्।

सबैभन्दा धेरै इटलीमा ४ हजार ८ सय २५ जनाको ज्यान गएको छ । इटलीमा सङ्क्रमित भएका ५३ हजार ५ सय ७८ व्यक्तिमध्ये २८ सय ५७ जनाको अवस्था गम्भीर रहेकाे छ भने ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।

सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनमा ८१ हजार काेराेना सङ्क्रमितमध्ये ७१ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् । चीनमा अहिलेसम्म ३ हजार २ सय ६१ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा चीनमा नयाँ ४६ जना संक्रमित देखा परेका छन् भने ६ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म चीन र इटलीपछि सबैभन्दा धेरै इरानमा १५ सय ५६, स्पेनमा १३ सय ७८, फ्रान्समा ५६२, अमेरिकामा ३१६ जना, बेलायतमा २३३ जना र दक्षिण कोरियामा १०२ जनाको ज्यान गएको छ ।

अहिलेसम्मा काेराेना भाइरसको सङ्क्रमण १ सय ८८ देशमा फैलिएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : ०३ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते