यी हुन् कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव परेका मुलुकहरु « Khabarhub

यी हुन् कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव परेका मुलुकहरु


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हाल विश्वका १ सय ८८ मुलुकमा फैलिएको छ ।

पछिल्लो समय चीनमा कोरोनाको संक्रमण न्यून देखिएका बेला युरोपियन मुलुकमा यसको प्रभाव महामारीका रुपमा देखिएको छ ।

हालसम्म कोरोना भाइरसको सवैभन्दा बढी संक्रमण देखिएका मुलुकहरुको सूचीमा क्रमशः चीन, इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान, फ्रान्स लगायत रहेका छन् । यी मुलुकहरुमा १० हजार भन्दा बढी संक्रमित रहेका छन् ।

सबैभन्दा बढी संक्रमित चीनमा ८१ हजार ५४ पुगेको छ ।  चीनमा हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ६१ पुगेको छ ।

इटालीमा हालसम्म ५३ हजार ५ सय ७८ पुगेको छ । इटालीमा हालसम्म ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये २८ सय ५७ जनाको अवस्था गम्भीर रहेकाे छ भने ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।

अहिले चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण सवैभन्दा बढी इटाली र त्यसपछि अमेरिकामा संक्रमणको जोखिम बढेको छ ।

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय ४८  पुगेको छ भने संक्रमितको संख्या २६ हजार ८ सय ५९ पुगेको छ ।

कोरोनाका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार ६४ पुगेको छ । सङ्क्रमित ३ लाख ८ हजार २ सय २७ मध्ये अहिलेसम्म १३ हजार ६४ जनाको ज्यान गएको छ । ९५ हजार ८ सय २६ जना उपचारपछि घर फर्किएका छन्।

त्यसैगरी स्पेनमा २५ हजार ४ सय ९६ संक्रमित भएका छन् भने १ हजार ३ सय ७८ जनाले ज्यान गुमाएका छन् ।

इरानमा १५ सय ५६ ले ज्यान गुमाएका छन् भने २० हजार ६ सय १० जना संक्रमित रहेका छन् ।

जर्मनीमा हालसम्म ८४ जनाले ज्यनज गुमाएका छन् भने २२ हजार ३ सय ६४ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : ५४ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको