यी हुन् कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव परेका मुलुकहरु | Khabarhub Khabarhub

यी हुन् कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभाव परेका मुलुकहरु


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हाल विश्वका १ सय ८८ मुलुकमा फैलिएको छ ।

पछिल्लो समय चीनमा कोरोनाको संक्रमण न्यून देखिएका बेला युरोपियन मुलुकमा यसको प्रभाव महामारीका रुपमा देखिएको छ ।

हालसम्म कोरोना भाइरसको सवैभन्दा बढी संक्रमण देखिएका मुलुकहरुको सूचीमा क्रमशः चीन, इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान, फ्रान्स लगायत रहेका छन् । यी मुलुकहरुमा १० हजार भन्दा बढी संक्रमित रहेका छन् ।

सबैभन्दा बढी संक्रमित चीनमा ८१ हजार ५४ पुगेको छ ।  चीनमा हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ६१ पुगेको छ ।

इटालीमा हालसम्म ५३ हजार ५ सय ७८ पुगेको छ । इटालीमा हालसम्म ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये २८ सय ५७ जनाको अवस्था गम्भीर रहेकाे छ भने ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।

अहिले चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण सवैभन्दा बढी इटाली र त्यसपछि अमेरिकामा संक्रमणको जोखिम बढेको छ ।

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय ४८  पुगेको छ भने संक्रमितको संख्या २६ हजार ८ सय ५९ पुगेको छ ।

कोरोनाका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार ६४ पुगेको छ । सङ्क्रमित ३ लाख ८ हजार २ सय २७ मध्ये अहिलेसम्म १३ हजार ६४ जनाको ज्यान गएको छ । ९५ हजार ८ सय २६ जना उपचारपछि घर फर्किएका छन्।

त्यसैगरी स्पेनमा २५ हजार ४ सय ९६ संक्रमित भएका छन् भने १ हजार ३ सय ७८ जनाले ज्यान गुमाएका छन् ।

इरानमा १५ सय ५६ ले ज्यान गुमाएका छन् भने २० हजार ६ सय १० जना संक्रमित रहेका छन् ।

जर्मनीमा हालसम्म ८४ जनाले ज्यनज गुमाएका छन् भने २२ हजार ३ सय ६४ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : ५४ बजे

नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी, विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य

काठमाडौं– नेपाल पर्यटन बोर्ड र टिकटकले संयुक्त साझेदारीको घोषणा गरेका

माओवादीद्वारा सरकारको आलोचना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुशासन, सामाजिक न्याय र

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ

उपसभामुख रानालाई हटाउने प्रयासको विरोधमा उत्रीयो  माओवादी

काठमाडौं– नेकपा माओवादी केन्द्रले बदनियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउने

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको