कोरोनाको त्रासमा रहेको क्रोएसियामा भूकम्पको धक्का | Khabarhub Khabarhub

कोरोनाको त्रासमा रहेको क्रोएसियामा भूकम्पको धक्का


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्रोएसिया– युरोपेली मुलुक क्रोएसियामा भूकम्प गएको छ ।

क्रोएसियाको राजधानी जाग्रेब नजिक केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार आइतबार बिहान साढे ६ बजे ५.३ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पमा परि एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण केही घरहरुमा क्षति पुगेको छ भने केही सवारी साधानहरु पुरिएका छन् । केही घरहरू भत्काएका छन् भने गाडीहरू किचिएका छन्।

कोरोनाको त्रासका कारण घर भित्रै रहेका मानिसहरु भूकम्पकपछि सडकमा निस्किएका थिए । युरोपमा कोरोना संक्रमण तीव्र भएसँगै क्रोएसिया आंशिक लकडाउनमा रहेको छ । सरकारले धेरै संख्यामा भेला नहुन र पार्क लगायतमा नजान आग्रह गरेको थियो ।

क्रोएसियामा अहिलेसम्म २ सय ६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : १४ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन