कोरोनाको त्रासमा रहेको क्रोएसियामा भूकम्पको धक्का « Khabarhub

कोरोनाको त्रासमा रहेको क्रोएसियामा भूकम्पको धक्का


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्रोएसिया– युरोपेली मुलुक क्रोएसियामा भूकम्प गएको छ ।

क्रोएसियाको राजधानी जाग्रेब नजिक केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार आइतबार बिहान साढे ६ बजे ५.३ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पमा परि एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पका कारण केही घरहरुमा क्षति पुगेको छ भने केही सवारी साधानहरु पुरिएका छन् । केही घरहरू भत्काएका छन् भने गाडीहरू किचिएका छन्।

कोरोनाको त्रासका कारण घर भित्रै रहेका मानिसहरु भूकम्पकपछि सडकमा निस्किएका थिए । युरोपमा कोरोना संक्रमण तीव्र भएसँगै क्रोएसिया आंशिक लकडाउनमा रहेको छ । सरकारले धेरै संख्यामा भेला नहुन र पार्क लगायतमा नजान आग्रह गरेको थियो ।

क्रोएसियामा अहिलेसम्म २ सय ६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : १४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार