लिम्पियाधुरा नै काली नदीको मुहान, प्रमाणले भन्छ यो क्षेत्र नेपालकै हो « Khabarhub

लिम्पियाधुरा नै काली नदीको मुहान, प्रमाणले भन्छ यो क्षेत्र नेपालकै हो


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सा, तथ्य, प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्टसँग काली नदी किटान गरेको छ ।

सुगौलीपछि १८४५ को सीमास्तम्भ निर्माण सम्झौता र १८६० को नयाँ मुलुक सन्धि एवं ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धिअघि तयार पारिएको ‘स्केच म्याप’ ले समेत लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बगेको नदीलाई काली भनिएको छ । इतिहासकार प्राडा रमेश ढुङ्गेलका अनुसार लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्वतर्फ बग्ने नदी नै काली भएको तथ्य र प्रमाणहरू प्रशस्त छन् ।

प्राडा ढुङ्गेलले भने–“इतिहासका प्रशस्त प्रमाण र नक्साहरू छन् । सन् १९११ को भारतीय अभिलेख भर्खरै प्राप्त गरेको छु । त्यसमा काली नदी कुन हो भनेर त्यो क्षेत्रको स्पष्ट व्याख्या गरिएको छ ।”

ब्रिटिस लाइब्रेरी, विश्वका अन्य मुलुकमा रहेका नक्सा, भारतीय भिलेखालयमा संरक्षित तथ्यहरूबारे चर्चा गर्दै उनले भने, “ऐतिहासिक तथ्य र प्रमाणका आधारमा लिपुलेकदेखि लिम्पियाधुरासम्मको त्यो क्षेत्र हाम्रो हो ।”

उनले ब्रिटिस लाइब्रेरीमा छ वर्ष काम गर्दा महìवपूर्ण ऐतिहासिक तथ्य र प्रमाणहरू अध्ययन गरेको चर्चा समेत गरेका छन् । गोरखापत्रबाट

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ७ : ४१ बजे

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ