अन्ततः सुशान्तको आत्महत्याका बिषयमा बोले सलमान खान « Khabarhub

अन्ततः सुशान्तको आत्महत्याका बिषयमा बोले सलमान खान


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले १४ जुनमा मुम्बईको आफ्नो घरमा आत्महत्या गरेका थिए ।

यसलाई केहि कलाकारले आत्महत्या नभई हत्या भएको आरोप लगाएका थिए । भारतीय सञ्चार माध्यमका अनुसार सुशान्त सिंह पछिल्लो ६ महिना यता डिप्रेशनमा थिए । यसका लागी बलिउडका केहि दिग्गज सहित चर्चित कलाकारले बलिउडमा भएको परिवारबाद र ग्रुपिज्मले सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको बताएका छन् ।

सुशान्तको आत्महत्यामा उनीहरुले सलमान खान, करण जोहर, एकता कपुर लगायतका ६ जनालाई जिम्मेवार मानेका छन् । यस प्रकारको आरोप लगाउनेमा अभिनेत्री कंगना रनावत, अभिनेता साहिल खान र निर्देशक अभिनव कश्यप अगाडी छन् । र सुशान्तको आत्महत्यामा मुख्य जिम्मेवार सलमान खानलाई मानिएको छ ।

बलिउड कलाकर्मी र सुशान्तका फ्यान बीचमा उनको आत्महत्याको जिम्मेवार मानिदै आएका सलमान खान केहि दिन यता सामाजिक सञ्जालमा विवादित छन् । यस बिषयमा आफ्नो कुनै बयान नदिएका सलमानले पहिलो पटक मुख खोलेका छन् । सलमानले एक ट्विट मार्फत आफ्ना फ्यानलाई सुशान्तका फ्यानसंग उभिन आग्रह गरेका छन् ।

सलमानले ट्विटमा लेखेका छन्, ’म आफ्ना सबै फ्यानलाई निवेदन गर्दछु कि तपाईहरु सुशान्तका फ्यानका साथ खडा रहनुहोस् र गलत भाषाको उपयोग गर्नुहोस् । भावनालाई बुझ्ने कोशिस गर्नुहोस् । यस मुश्किल समयमा सुशान्तका परिवारको सहारा बन्नुहोस् । कोहि आफ्नो गुम्दाको पीडा निकै पीडादायिक हुन्छ ।’

सुशान्तको आत्महत्याको घटनाले बलिउडमा निकै ठुलो हलचल ल्याएको छ । निर्देशक अभिनव कश्यप र दिवंगत जिया खानकी आमा राबिया अमीनले सलमानलाई गम्भीर आरोप लगाएका छन् भने केहि बलिउडकर्मी सलमानका पक्षमा समेत छन् । सलमान पक्षधर अभिनेत्री सोनाक्षी सिन्हा, सलमानका ज्वाईं आयुष शर्मा, कलाकार साकिब सलीम, जहीर इकबाल र स्नेहा उल्लालले ट्रोल र विवादबाट बच्न ट्विटर त्याग गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : ०५ बजे

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म