आइपीएल यूएईमा हुने निश्चित « Khabarhub

आइपीएल यूएईमा हुने निश्चित


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट यूएईमा हुने निश्चित भएको छ ।

आईपीएल गर्भर्निङ काउन्सिलका अध्यक्ष बृजेश पटेलले १३औं संस्करणको आईपीएल यूएईमा हुने निश्चित भएको जनाएका हुन् ।

पटेललाई उद्धृत गर्दै न्युज एजेन्सी पीटीआईले जनाए अनुसार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल युएईमा गर्ने निर्णय गरिसकेको छ ।

पटेलले केहि दिनमा अन्तिम निर्णय र खेल तालिका सार्वजनिक हुने समेत बताए । उनले आईपीएल बन्द रंगशालामा आयोजना हुनेसमेत बताए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यस वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप एक वर्ष सारेपछि आईपीएल गराउन लागिएको हो ।

यसअघि सन् २०१४ को सिजन पनि यूएईमा आयोजना गरिएको थियो ।  यस संस्करणको आईपीएल सेप्टेम्बर देखि नोभेम्बरसम्म हुने बताईएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ६ : ३४ बजे

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद