चीनलाई निशाना बनाउँदै अमेरिका-भारत संयुक्त सैन्य अभ्यास « Khabarhub

चीनलाई निशाना बनाउँदै अमेरिका-भारत संयुक्त सैन्य अभ्यास


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पछिल्लो समय भारत-चीनबीच जुन १५ मा भएको हिंसात्मक झडपपछि दुई मुलुकबीचको सम्बन्धमा दरार उत्पन्‍न भएको छ ।

त्यसैगरी हङकङको सुरक्षा कानून र कोरोना भाइरसका कारण अमेरिका-चीनबीचको सम्बन्धमा पनि तिक्कता उत्पन्‍न भइरहेको छ ।

दुबै मुलुकले चीनविरोधी अभियानहरु सुरु गरेका छन् भने चिनियाँ एप र चिनियाँ टेलिकम्युनिकेसनमा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले चिनियाँ प्रविधि मुख्य खतरा रहेको जनाएको छ ।

यही बीचमा चीनलाई निशाना बनाउँदै दुबै मुलुकले संयुक्त जलसेना अभ्यास सुरु गरेका छन् । इण्डियन ओसनमा अमेरिका-भारत संयुक्त नौसेना अभ्यास सुरु भएको हो ।

भारतले सैन्य उद्देश्यले जगउर मेरिटाइम लडाकूलाई अन्दामन र निकोबर आर्कीपेलागोमा परिचालन गरेको छ । जहाँ चिनियाँ सामुद्रिक व्यापार रुट भएको जनाइएको छ ।

स्रोतका अनुसार उक्त क्षेत्रमा १० जगउर स्थापना गरिएका छन् भने एन्टिसिप हारपोन मिसाइल, कार निकोबार एयरबेससहित तैनाथ भएको जनाइएको छ ।

अमेरिकाले हालै चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरमा दुईवटा विमानवाहक पानीजहाजसहित सैन्य अभ्यास गरेको थियो । यस क्षेत्रमा अमेरिकी दाबी नभएपनि अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि सैन्य अभ्यास गरेको बताएको थियो ।

चीनले अमेरिकी दाबी नभएको क्षेत्रमा अमेरिकी सैन्य अभ्यास हुनु आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कार्य भएको बताएको थियो । अमेरिकाले हालै यूएसएस निमिट्ज र यूएसएस रोनाल्ड रेगन विमान वाहक पानीजहाज दक्षिण चीन सागरमा लगेर सैन्य अभ्यास गरेको थियो ।

यूएसएस निमिट्ज विमान वाहक पानीजहाजसहित अमेरिकी नौसेनाले भारतसँग मिलेर सैन्य अभ्यास गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : १९ बजे

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी