चीनलाई निशाना बनाउँदै अमेरिका-भारत संयुक्त सैन्य अभ्यास | Khabarhub Khabarhub

चीनलाई निशाना बनाउँदै अमेरिका-भारत संयुक्त सैन्य अभ्यास


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पछिल्लो समय भारत-चीनबीच जुन १५ मा भएको हिंसात्मक झडपपछि दुई मुलुकबीचको सम्बन्धमा दरार उत्पन्‍न भएको छ ।

त्यसैगरी हङकङको सुरक्षा कानून र कोरोना भाइरसका कारण अमेरिका-चीनबीचको सम्बन्धमा पनि तिक्कता उत्पन्‍न भइरहेको छ ।

दुबै मुलुकले चीनविरोधी अभियानहरु सुरु गरेका छन् भने चिनियाँ एप र चिनियाँ टेलिकम्युनिकेसनमा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले चिनियाँ प्रविधि मुख्य खतरा रहेको जनाएको छ ।

यही बीचमा चीनलाई निशाना बनाउँदै दुबै मुलुकले संयुक्त जलसेना अभ्यास सुरु गरेका छन् । इण्डियन ओसनमा अमेरिका-भारत संयुक्त नौसेना अभ्यास सुरु भएको हो ।

भारतले सैन्य उद्देश्यले जगउर मेरिटाइम लडाकूलाई अन्दामन र निकोबर आर्कीपेलागोमा परिचालन गरेको छ । जहाँ चिनियाँ सामुद्रिक व्यापार रुट भएको जनाइएको छ ।

स्रोतका अनुसार उक्त क्षेत्रमा १० जगउर स्थापना गरिएका छन् भने एन्टिसिप हारपोन मिसाइल, कार निकोबार एयरबेससहित तैनाथ भएको जनाइएको छ ।

अमेरिकाले हालै चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरमा दुईवटा विमानवाहक पानीजहाजसहित सैन्य अभ्यास गरेको थियो । यस क्षेत्रमा अमेरिकी दाबी नभएपनि अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि सैन्य अभ्यास गरेको बताएको थियो ।

चीनले अमेरिकी दाबी नभएको क्षेत्रमा अमेरिकी सैन्य अभ्यास हुनु आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कार्य भएको बताएको थियो । अमेरिकाले हालै यूएसएस निमिट्ज र यूएसएस रोनाल्ड रेगन विमान वाहक पानीजहाज दक्षिण चीन सागरमा लगेर सैन्य अभ्यास गरेको थियो ।

यूएसएस निमिट्ज विमान वाहक पानीजहाजसहित अमेरिकी नौसेनाले भारतसँग मिलेर सैन्य अभ्यास गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : १९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र