पाकिस्तानविरूद्धको तेस्रो टेस्टमा इंग्ल्यान्डको उत्कृष्ट प्रदर्शन « Khabarhub

पाकिस्तानविरूद्धको तेस्रो टेस्टमा इंग्ल्यान्डको उत्कृष्ट प्रदर्शन


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानविरुद्धको अन्तिम तथा तेस्रो टेस्टमा  इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गरेको छ ।

साउथह्याम्पटनको द रोज बलमा टस जितेर तेस्रो टेष्टको पहिलो इनिङ्समा पहिले ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो दिनको खेल सकिदा ४ विकेटको क्षतिमा ३ सय ३२ रन जोडेको छ ।

जाक क्रलेले शतकीय इनिङ्स खेलेपछि शुक्रबार इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको हो ।

पहिलो टेस्ट शतक बनाएका क्रले १ सय ७१ रन बनाएर क्रिजमा रहेका छन् । जोस बट्लर ८७ रनको अर्धशतकीय इनिङ्स खेल्दै क्रलेलाई साथ दिईरहेका छन् ।

यसअघि कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए । रोरी ब्रुन्स ६ र ओली पोप ३ रनमा आउट भएपनि क्रले र बट्लरले इंग्ल्यान्डको इनिङ्स सम्हालिरहेका छन् ।

पाकिस्तानका यासिर शाहले २ तथा शहिन अफ्रिदीले १ विकेट लिए । दुई टिमबीचको यो टेस्ट निर्णायक हुनेछ ।

तीन खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । यसअघि दोस्रो टेस्ट वर्षाले रोकिएपछि बराबरी भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ६ : ५७ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय