दक्षिण कोरियाद्धारा देशव्यापी निषेधाज्ञा जारी « Khabarhub

दक्षिण कोरियाद्धारा देशव्यापी निषेधाज्ञा जारी


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सउल- दक्षिण कोरियाले कोरोनाभाइरसका कारण देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ । कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको अधिकारीहरुले जनाएका छन् ।

सरकारले भेला हुन, रात्रीकालिन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरुमा रोक लगाइएको छ । स्वास्थ्य मन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको जानकारी दिए ।

दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण शनिबार थप ३३२ जनामा देखिएको पनि उनले बताए । नयाँ थपिएका सङ्क्रमित मध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ ।

सङ्क्रमण राजधानी बाहेक देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए । कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागु गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्धहरु लगाइएको हो ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ४ : ०६ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता