‘गान्धीको चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री’ « Khabarhub

‘गान्धीको चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री’


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ ।

‘इस्ट ब्रिस्टल अक्सन’ नामक उक्त फर्मले शुक्रबार चश्मा विक्री भएपछि इन्स्टाग्राममा लेखेको छ,“एक भद्र व्यक्तिले आफ्नो काकालाई गान्धी आफैले उक्त चश्मा दिएको भन्दै लिलामका लागि हामीलाई चार हप्ता पहिले उपलब्ध भएको थियो ।”

फर्मले प्रक्रियामा सहभागीलाई सम्बोधन गर्दै भन्यो, “एउटा अविश्वसनीय वस्तुको लागि असाधारण परिणाम ! लिलाम प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ।”

गान्धीले पुरानो वा अनावश्यक सामान (चश्मा) खाँचो हुनेहरूका लागि वा आफूलाई सहयोग पु¥याउने व्यक्तिलाई दिने गरेको बताइएको छ ।

सन् १९२० वा ३० को दशकमा दक्षिण अफ्रिकामा बेलायती पेट्रोलियम पदार्थको कारोबार गरिरहेको समय अहिंसावादी गान्धीले विक्रेता काकालाई चश्मा दिएका ती लिलामकर्ता व्यक्तिले फर्मलाई बताएका बुझिएको छ ।

बिक्री मूल्य १५ हजार पाउण्डस्र्टलिङ वरिपरी हुने अनुमान गरिएको थियो तर चश्माको मूल्य अपेक्षाभन्दा निकै गुणा बढी अर्थात् दुई लाख ६० हजार पाउण्डस्टर्लिङ परेको छ ।

लिलामकर्ता फर्मका एन्ड्र्यू स्टोले स्काई न्यूजसँग भने, “यस महिनाको सुरूमा ती विक्रेताले ‘यदि चश्मा राम्रो नभएमा फ्याक्न भनेका बताइएको छ ।

चश्माको मुल्य १५ हजार पाउण्ड पर्ने बताएपछि उसलाई झस्काएको थियो । “मैले सोचेँ मूल्य सुनेर उनले होस गुमाए,” स्टोले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ९ : २३ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले