‘गान्धीको चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री’ « Khabarhub

‘गान्धीको चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री’


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन- भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ ।

‘इस्ट ब्रिस्टल अक्सन’ नामक उक्त फर्मले शुक्रबार चश्मा विक्री भएपछि इन्स्टाग्राममा लेखेको छ,“एक भद्र व्यक्तिले आफ्नो काकालाई गान्धी आफैले उक्त चश्मा दिएको भन्दै लिलामका लागि हामीलाई चार हप्ता पहिले उपलब्ध भएको थियो ।”

फर्मले प्रक्रियामा सहभागीलाई सम्बोधन गर्दै भन्यो, “एउटा अविश्वसनीय वस्तुको लागि असाधारण परिणाम ! लिलाम प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ।”

गान्धीले पुरानो वा अनावश्यक सामान (चश्मा) खाँचो हुनेहरूका लागि वा आफूलाई सहयोग पु¥याउने व्यक्तिलाई दिने गरेको बताइएको छ ।

सन् १९२० वा ३० को दशकमा दक्षिण अफ्रिकामा बेलायती पेट्रोलियम पदार्थको कारोबार गरिरहेको समय अहिंसावादी गान्धीले विक्रेता काकालाई चश्मा दिएका ती लिलामकर्ता व्यक्तिले फर्मलाई बताएका बुझिएको छ ।

बिक्री मूल्य १५ हजार पाउण्डस्र्टलिङ वरिपरी हुने अनुमान गरिएको थियो तर चश्माको मूल्य अपेक्षाभन्दा निकै गुणा बढी अर्थात् दुई लाख ६० हजार पाउण्डस्टर्लिङ परेको छ ।

लिलामकर्ता फर्मका एन्ड्र्यू स्टोले स्काई न्यूजसँग भने, “यस महिनाको सुरूमा ती विक्रेताले ‘यदि चश्मा राम्रो नभएमा फ्याक्न भनेका बताइएको छ ।

चश्माको मुल्य १५ हजार पाउण्ड पर्ने बताएपछि उसलाई झस्काएको थियो । “मैले सोचेँ मूल्य सुनेर उनले होस गुमाए,” स्टोले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ९ : २३ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।