क्यान बोर्ड बैठकः महिला–पुरुष टिमको ग्रेडिङसहित तलब तोकियो | Khabarhub Khabarhub

क्यान बोर्ड बैठकः महिला–पुरुष टिमको ग्रेडिङसहित तलब तोकियो


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टिमको तलब वृद्धि गर्दै ग्रेडिङ गरेको छ ।

चितवनमा सम्पन्न बैठकले पुरुष र महिला टिमका खेलाडीलाई ए, बी र सी ग्रेडमा विभाजन गर्दै तलब तोकेको हो । जसमा पुरुष टिमका ए ग्रेडका खेलाडीलाई ५० हजार, बी ग्रेडका खेलाडीलाई ४० हजार र सी ग्रेडका खेलाडीलाई ३० हजार रूपैयाँ दिने निर्णय गरेको छ ।

यस्तै महिला टोलीका खेलाडीलाई ग्रेडका आधारमा क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ दिने निर्णय भएको क्यान सदस्य छुम्बी लामाले खबरहबलाई बताए ।

बैठकमा कोरोना भाइरसका कारण ठप्प खेलकुदका बारेमा समेत छलफल भएको उनले बताए ।

त्यसैगरी क्यानले यही २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । जसका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपसँग अनुमति लिने बताइएको छ ।

कोरोनाका कारण यदि साधारण सभा खुला रुपमा हुन भने ‘भर्चुअल साधारण सभा’ गर्ने निर्णय गरिएको छ ।

यसअघि क्यानले सन् २०१४ को विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई टोयोटाले गाडीसहित सम्मान गर्ने बताएको थियो ।

त्यतिखेर तत्कालीन कप्तान पारस खड्का उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी घोषित भएका थिए । उक्त गाडीको कर छुटका लागि क्यानले राखेप युवा तथा खेलकुद मन्त्रालयसँग पहल गर्ने समेत निर्णय गरिएको छ ।

बैठकले दुर्घटनामा घाइते भई उपचार गराइरहेका क्रिकेटर ललितसिंह भण्डारीको उपचारका लागि सम्बद्ध निकायहरुसँग समन्वय गर्ने र क्यानले सकेको सहयोग गर्ने निर्णय पनि गरेको छ ।

साथै क्यानले खेलाडीको बीमा गर्न तीन सदस्यीय समिति गठन गरेको छ । जसमा क्यानका कोशाध्यक्ष रोशन सिंह, दुर्गाराज पाठक र छुम्बी लामा रहेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ७ : ३६ बजे

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा