अमेरिकामा ८५ लाखभन्दा बढीमा कोरोना संक्रमण, २ लाख २७ हजारको मृत्यु « Khabarhub

अमेरिकामा ८५ लाखभन्दा बढीमा कोरोना संक्रमण, २ लाख २७ हजारको मृत्यु


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६३ हजार ६६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८५ लाख ८४ हजार ८१९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५६ लाख २ हजार ११६ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २७ लाख ५५ हजार २९४ जनामध्ये १५ हजार ६८६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २७ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बिहीबार थप १ हजार २२५ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख २७ हजार ४०९ पुगेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ७ : ४० बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार