अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ४ करोडभन्दा बढीले गरे अग्रिम मतदान | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ४ करोडभन्दा बढीले गरे अग्रिम मतदान


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको महामारीले अमेरिकामा हुलाकमार्फत पनि मतदानको व्यवस्था भएपछि ४ करोडभन्दा बढीले राष्टपति चुनावमा अग्रिम मतदान गरेका छन् ।

अहिलेसम्म चार करोड भन्दा बढी मतदाताले हुलाकमार्फत मतदान गरेको निर्वाचन आयोगलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिसहित आम चुनाव हुँदैछ । राष्ट्रपति चुनावमा हालका रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र  डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ ।

पछिल्ला मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन अघि देखिएका छन् । तर, केही महत्वपूर्ण राज्यहरुमा भने उनको अग्रता एकदमै कम छ ।

चुनावका लागि दुई हप्ता कम समय रहेका बेला ४७ राज्य र डिसीबाट प्राप्त भएको तथ्यांक अनुसार हुलाक वा अग्रिम मतदान स्थलमा गएर भोट हाल्नेको संख्या विगतको भन्दा धेरै पुगिसकेको देखिएको छ ।

सन् २०१६ को चुनावमा १३ करोड ६० लाख मत खसेको थियो । अहिलेसम्म खसेको मत त्यसको झण्डै ३० प्रतिशत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ८ : २५ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने