रुपन्देहीमा थप २ कोरोना संक्रमितको मृत्यु « Khabarhub

रुपन्देहीमा थप २ कोरोना संक्रमितको मृत्यु


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुटवलस्थित कोरोना विशेष अस्पतालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुषको  मृत्यु भएको अस्पतालले जनाएको छ ।

पाणिनिका पुरुष असोज २२ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी तिलोत्तमाका वृद्धको कात्तिक १ गते कोरोना पुष्टि भएको थियो । उनको बुधबार राति नै मृत्यु भएको हो ।

उनीहरु दुवै जनाको अस्पतालमा आइसीयूमा उपचार भइरहेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १० : ४० बजे

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका