सरकार जनताप्रति संवेदनहीन र कर्तव्यविमुख देखियो : सभापति देउवा « Khabarhub

सरकार जनताप्रति संवेदनहीन र कर्तव्यविमुख देखियो : सभापति देउवा


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारलाई आग्रह गरेका छन् ।

कोरोनाको परीक्षण र संक्रमितको उपचार नागरिकले आफ्नै खर्चमा गर्नुपर्ने सरकारले गरेको निर्णय निन्दनीय र लज्जास्पद भएको जनाउँदै उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।

सभापति देउवाले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो निर्णयबाट सरकार जनताप्रति संवेदनहीन, गैरजिम्मेवार र कर्तव्य विमुख देखिएको उल्लेख गरेका छन्।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक भएकाले सरकारले कुनै शर्त बिना यसको कार्यान्वयन गर्नुपर्नेमा देउवाले जोड दिएका छन्। विज्ञप्तिमा भनिएको छ, “सरकारले जनताको हित विरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरीत निर्णय गरी घोर अलोकतान्त्रिक चरित्रको प्रर्दशन र सर्वोच्च अदालतको पनि अपहेलना गरेको छ।”

देउवाले नेपाल सरकार र प्रधानमन्त्रीलाई कोरोना परीक्षण र संक्रमितको उपचार नागरिक आफ्नै खर्चमा गर्नुपर्ने सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरी नेपाली नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम नि:शर्त, भेदभावविना र निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

अहिलेको विषम परिस्थितिमा जनताको जीवन कष्टकर भएको भन्दै यसतर्फ पनि संवेदनशील भई जनताको हितमा काम गर्न ध्यानाकर्षण गरिएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ५ : ३४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि