अमेरिकामा थप १ लाख ७२ हजारमा संक्रमण, संक्रमित बढेपछि क्यालिफोर्नियामा निषेधाज्ञा « Khabarhub

अमेरिकामा थप १ लाख ७२ हजारमा संक्रमण, संक्रमित बढेपछि क्यालिफोर्नियामा निषेधाज्ञा


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा थप १ लाख ७२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा शनिबार भने सर्वाधिक संख्या २ लाख १ हजार ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ७२ हजार ८३९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड २४ लाख ५० हजार ६६६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७४ लाख ३ हजार ८४७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४७ लाख ८५ हजार २९ जनामध्ये २२ हजार ९२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ६१ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १४६० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ६१ हजार ७९० पुगेको छ ।

क्यालिफोर्नियामा निषेधाज्ञा

संक्रमण बढेपछि क्यालिफोर्नियामा शनिबारदेखि रात्रिकालीन निषेधाज्ञा  जारी गरेको छ ।

संक्रमण नियन्त्रणका लागि त्यहाँ राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाइएको छ।

यो प्रतिबन्ध कम्तीमा २१ डिसेम्बरसम्म जारी रहनेछ । त्यसपछि अवस्था हेरेर लम्ब्याउन सकिने त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। संक्रमण बढे क्रिसमसमा पनि निशेधाज्ञा लागू हुनेछ।

क्यालिफोर्नियाका रेस्टुरेन्टलाई ‘होम डेलिभरी’ मात्र गर्न सक्ने आदेश छ । राज्यका ५८ मध्ये ४१ काउन्टी अति प्रभावित छन् । त्यहाँ ‘स्टे एट होम’ आदेश जारी छ। केही काउन्टीले कडा बन्दाबन्दीको आदेश जारी गर्न सक्ने जनाइएको छ।

यसअघि न्यूयोर्कमा पनि रात्रिकालीन निशेधाज्ञा लगाइएको थियो।

द सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले सबै अमेरिकीलाई २६ नोभेम्बरको ‘थ्याङ्स गिभिङ डे’ को बिदामा लामो यात्रा नगर्न आग्रह गरेको छ।

अहिलेसम्म अमेरिकामा एक करोड २४ लाख ४६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । त्यसमध्ये दुई लाख ६१ हजार ७९० जनाको मृत्यु भइसकेको छ ।

क्यालिफोर्नियामा मात्र ११ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ८ : ४२ बजे

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र

नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना

पेरिस- स्वास्थ्यमा समस्या आए पछि इरानका नोबेल शान्ति पुरस्कार विजेता

मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

कञ्चनपुर- कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले