आन्तरिक राजस्व कार्यालय बागलुङ ‘उत्कृष्ट कर कार्यालय’ घोषित « Khabarhub

आन्तरिक राजस्व कार्यालय बागलुङ ‘उत्कृष्ट कर कार्यालय’ घोषित


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ९ औं राष्ट्रिय कर दिवसको सन्दर्भ पारेर आन्तरिक राजस्व विभागले राजस्व कार्यालय बागलुङलाई आर्थिक वर्ष २०७६/७७ को उत्कृष्ट कर कार्यालय घोषित गरेको छ ।

आन्तरिक राजस्व विभागले देशभरका कार्य सम्पादन सम्झौता, राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा उत्कृष्ट कर कार्यालयको घोषणा गरेको हो ।

विभागले आज उत्कृष्ट कार्यालयसँगै  उत्कृष्ट कर्मचारी र करदाता समेत घोषणा गरेको छ ।

विभागका अनुसार यो सूचीको पहिलो स्थानमा बागलुङ रहृयो । दोस्रो स्थानमा आन्तरिक राजस्व कार्यालय सिमरा रहेको छ । तेस्रो स्थानमा भने आन्तरिक राजस्व कार्यालय धुलिखेल रहेको विभागले जानकारी दिएको छ ।

यी कार्यालयले ए ग्रेड प्राप्त गरेका छन् । विभागले कर दिवसको अवसरमा उत्कृष्ट १० कर्मचारी समेत घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा उत्कष्ट कार्यसम्पादन गर्ने विभागका निर्देशक शालिकराम आचार्य, आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत हेमराज सुवेदी, आन्तरिक राजस्व विभागका शाखा अधिकृत आनन्दराम श्रेष्ठ, ठूला करदाता कार्यालयका कर अधिकृत सुरेन्द्रराज घिमिरेलाई पुरस्कृत गरेको छ ।

यसैगरी ठूला करदाता कार्यालयका कम्प्यूटर अधिकृत ललितप्रसाद श्रेष्ठ, मध्यमस्तरीय करदाता कार्यालयका कर अधिकृत कुमारी सैँजु, आन्तरिक राजस्व कार्यालय सिमराका कर अधिकृत यादव खड्का, आन्तरिक राजस्व कार्यालय धुलिखेलका कर अधिकृत रामकुमार श्रेष्ठ, आराका महेन्द्रनगरका कर अधिकृत टंक भुसाल र आराका भैरहवाका नासु कुमुस श्रेष्ठलाई समेत उत्कृष्ट कर्मचारी घोषणा गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ७ : ५० बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी