यसकारण फेरियो रणवीर कपूरको फिल्म ‘डेविल’ को नाम « Khabarhub

यसकारण फेरियो रणवीर कपूरको फिल्म ‘डेविल’ को नाम


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता रणवीर कपूर पछिल्लो समय सञ्जय दत्तको जीवनीमा बनेको फिल्म ‘सञ्जु’ मा देखिएका थिए । उक्त फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका थिए ।

दुई वर्षदेखि रणवीर ठूलो पर्दामा देखिएका छैनन् । दर्शकले उनको फिल्मको प्रतीक्षा गरिरहेका छन् ।

लामो समयदेखि रणवीर अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ को शूटिङमा व्यस्त छन् । फिल्ममा आलिया भट्ट र अमिताभ बच्चन पनि छन् ।

यसका साथै रणवीर अर्को एक फिल्मका कारण पनि चर्चामा छन् । उक्त फिल्मलाई सन्दीप रेड्डीले निर्देशन गर्नेछन् ।

सो फिल्मको नाम पहिले ‘डेविल’ राखिएको थियो । तर, अब यो शीर्षकलाई बदलेर ‘एनिमल’ राखिएको छ । किनकि, उक्त नाममा साजिद नाडियाडवालाले एक फिल्म पहिले नै दर्ता गराएका थिए ।

रणवीर स्टारर फिल्म युनिटले साजिदसँग शीर्षकका लागि छलफल गरेको थियो । तर, साजिदले यो शीर्षक उपलब्ध गराउन अस्वीकार गरे ।

किनकि, फिल्म ‘किक’ मा सलमान खान डेविलका रुपमा देखिएका छन् । साजिदले सलमानलाई यसको सिक्वेलका रुपमा प्रयोग गर्ने सोच बनाएका छन् ।

खबरका अनुसार, रणवीर कपूरको यो फिल्म एक प्रतिबन्धित ग्याङस्टर ड्रामामाथि हुनेछ । फिल्मलाई भुषण कुमार र मुराद खेतानीले निर्माण गर्नेछन् । यसअघि सन्दीप रेड्डीले निर्देशन गरेको फिल्म ‘कबीर सिंह’ ले बक्स अफिसमा धमाका मच्चाएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ११ : २५ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’