आमिर खानले दक्षिण भारतीय हिट फिल्म ‘विक्रम भेधा’ को रिमेक नबनाउने « Khabarhub

आमिर खानले दक्षिण भारतीय हिट फिल्म ‘विक्रम भेधा’ को रिमेक नबनाउने


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका मिस्टर परफेक्शनिस्ट मानिने आमिर खानले फिल्म बनाउन कुनै हतार गर्दैनन् । उनका फिल्मले बलिउडमा सधै चर्चा कमाउने गर्छन् ।

पछिल्लो समय उनी फिल्म ‘लाल सिंह चड्ढा’ का कारण चर्चामा छन् । जुन फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक हो ।

योसँगै आमिर दक्षिण भारतीय फिल्म उद्योगको हिट फिल्म ‘विक्रम वेधा’ को रिमेक बनाउने योजनाका कारण पनि चर्चामा थिए । तर, पछिल्लो खबरअनुसार यो फिल्म अब भने आमिरले नबनाउने भएका छन् ।

दक्षिण भारतीय फिल्म बनेको लामो समय भएको र अर्कातिर यसको रिमेक बनाउन कोरोना भाइरसले झनै ढिला भएकाले आमिर यो प्रोजेक्टबाट बाहिरिएको बताइएको छ । साथै आमिरले यो फिल्मको स्क्रिप्ट पनि पढे । उनलाई स्क्रिप्ट पनि शानदार लागेन ।

यद्यपि फिल्मका बारेमा कुनै आधिकारिक जानकारी भने दिइएको छैन । आमिरलाई यो फिल्ममा एक्सन गर्दै गरेको देखिने चर्चा थियो ।

फिल्ममा सैफ अली खानले पनि अभिनय गर्ने चर्चा थियो । यो फिल्म नबन्ने खबरले फ्यानलाई भने दुःखी तुल्याएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १२ : २० बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’