भारतमा प्रजातान्त्रिक अभ्यास खस्किएको सूचांक सार्वजनिक « Khabarhub

भारतमा प्रजातान्त्रिक अभ्यास खस्किएको सूचांक सार्वजनिक


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा प्रजातान्त्रिक अभ्यास खस्किदै गएको सूचांक सार्वजनिक भएको छ ।

ब्रिटेनले प्रकाशन गर्दै आएको प्रशिद्ध अन्तर्राष्ट्रिय पत्रिका द इकोनोमिष्टले वार्षिक रुपमा सार्वजनिक गर्दै आएको डेमोक्रेसी इंडेक्समा भारतको प्रजातान्त्रिक अभ्यास खस्किएको जनाइएको हो ।

१ सय ६५ वटा मुलुकलाई समेटेर गरिएको अनुसन्धानमा भारतको अवस्था सन् २०१८ को तुलनामा सन् २०१९ मा १० स्थान तल झरेको देखाइएको छ । डेमोक्रेसी इंडेक्समा भारत सन् २०१९ मा ५१ स्थानमा छ यो अघिल्ला वर्षको तुलनामा १० स्थान तल हो ।

संसारमा सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यास भएको मानिने भारतमा नागरिक स्वतन्त्रतामा भएको ब्यापक कटौतीले डेमोक्रेसी इंडेक्स खुम्चिएको उल्लेख गरिएको छ ।

भारत प्रशासित कश्मिरको अनुच्छेद ३ सय ७० हटाएर महिना दिन भन्दा बढी गरिएको नाकाबन्दी र नेताहरुको नजरबन्द, विवादित बनेको नागरिकता कानून तथा आसाममा गरिएको राष्ट्रिय नागरिक रजिष्टर (एनआरसी)बाट १९ लाख भन्दा बढी मानिसलाई एकैपटक राज्यविहिन बनाइएका लगायत प्रकरणले प्रजातन्त्रको स्थिति खस्किएको दावी गरिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ८ : २७ बजे

चुनाव प्रचारमा बालबालिका : हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- धरान उपमहानगरपालिकाका निर्वतमान मेयर एवम् सुनसरी क्षेत्र नम्बर १

यूक्रेन-अमेरिका-रूस त्रिपक्षीय वार्ता, शान्ति प्रक्रियामा आशा बढ्यो

वासिङ्टन– यूक्रेन, अमेरिका र रूसबीच भएको त्रिपक्षीय वार्ताले रूस–यूक्रेन युद्ध

सिरहामा ‘एचपीभी’ खोप अभियान दुई चरणमा सञ्चालन हुँदै

सिरहा– पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले सिरहामा किशोरीलाई लक्षित गर्दै

‘कुमारी’का विदेश प्रदर्शन तय

काठमाडौं – दिनेश राउत निर्देशित लभ स्टोरी फिल्म ‘कुमारी’ विदेशमा

दक्षिण सुडानको जोङ्लेई राज्यको अवस्था बिग्रँदै

न्यूयोर्क– संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले दक्षिण