दामनमा ज्यान गुमाएका ८ भारतीय मृत्युको कारण अक्सिजन अभाव « Khabarhub

दामनमा ज्यान गुमाएका ८ भारतीय मृत्युको कारण अक्सिजन अभाव


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु अक्सिजन अभावका कारण भएको पुष्टी भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार मंगलबार मृत्यु भएका ८ जनामै अक्सिजनको मात्रा कम भएको उल्लेख छ । अक्सिजनको मात्रा कम हुनुको कारण भने कार्बन मोनोअक्साइड ग्यासको विषाक्तता भएको बताइएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक मेडिसिन विभागले आठै जनाको शव परीक्षणका क्रममा दुखाईरहित मृत्यु भएको पहिचान गरेको छ ।

विभागका अनुसार उर्जाको रुपमा प्रयोग हुने ग्याँस, दाउरा, तेल पूर्णरुपमा नजल्दा बन्द कोठामा निस्कने कार्बन मोनोअक्साइडको मात्र बढी भएपछि श्वासप्रश्वासका माध्यबाट मानिसको रगतमा मिसिएर अक्सिनको मात्रा कम गराउँदै शरिरका कोषहरु मार्दै पूर्णरुपमा मानिसको मृत्यु नै हुने गर्दछ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ९ : १२ बजे

शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनको आदेश

काठमाडौं- उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका

अमेरिका–साउदीबीच गैरसैनिक आणविक सम्झौता घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिका र साउदी अरबले साउदीमा गैरसैनिक आणविक

एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्ष २०८२-८३ मा एक हजार ८७६