रेनो ट्राइबर– नयाँ सुपर स्पेस र अल्ट्रा मोड्युलर गेम चेन्जर नेपालमा सार्वजनिक « Khabarhub

रेनो ट्राइबर– नयाँ सुपर स्पेस र अल्ट्रा मोड्युलर गेम चेन्जर नेपालमा सार्वजनिक


९ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रेनो, नेपालको नम्बर एक यूरोपियन ब्राण्डले रु २८ लाख २० हजारको आकर्षक मूल्यमा नयाँ उत्पादन गेम चेन्जर–रेनो ट्राइबर बिहीवार नेपालमा सार्वजनिक गरेको छ ।

रेनो ट्राइबरले बि–सेगमेन्टका गाडीहरू खरिद गर्न चाहने ग्राहकलाई उच्च मूल्यांकन प्रस्ताव गर्दछ । रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी जो जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु छन् ।

‘हामी हाम्रो नयाँ गेम चेन्जर–रेनो ट्राइबर आज नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । अन्य बजारहरूमा जस्तै हामी आशावादी छौं कि यो विशाल, अल्ट्रा मोड्युलर गाडीले यो सेगमेन्टमा थुप्रै ग्राहकहरु आकर्षक गर्नेछ । यसको आकर्षक मूल्य निर्धारणका साथ गाडी खरिद गर्ने निर्णय गर्दा उच्च मूल्यांकन खोज्ने ग्राहकहरूका लागि रेनो ट्राइबर गाडी निकै उपयुक्त छ । रेनो ट्राइबरले भारतमा एक सफल अवधारणको रुपमा आफूलाई स्थापना गरिसकेको छ र ग्राहकबीच पनि ठुलो स्वीकार्यता देखिएको छ । हामी ट्राइबर परिवारलाई बढाउँदै हाम्रा अमूल्य ग्राहकहरुलाई यो परिवारमा स्वागत गर्न चाहन्छौं,’ रेनो इन्डिया अपरेसनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक वेंकटराम ममिलापल्ले भने ।

रेनो ट्राइबर आकर्षक रुपले डिजाइन गरिएको छ, कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । रेनो ट्राइबर नेपाली ग्राहकहरुको अपेक्षाहरुको पूर्ण विशलेषण हो जसले अपराजय लचिलोपन प्रदान गर्दछ । रेनो ट्राइबर वास्तविक गेम चेन्जर हो, यसको आधुनिक, फराकिलो तर कम्प्याक्ट, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने आकर्षक इन्टेरियर र विभिन्न आधुनिक तथा व्यवहारिक विशेषता भएको गाडी हो । रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फ्रिगेशनमा सबैभन्दा ठुलो बुट क्षमता छ ।

एडभान्स अटोमोबाइल प्रालिका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, ‘नेपालमा रेनो ब्राण्डलाई विस्तार गर्दै हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति छ । रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउने छ । रेनो ट्राइबरले कन्टेम्पोररी डिजाइन, आधुनिक विशेषता, धेरै स्पेश, रुमीनेश र भर्सटाइलिटी प्रदान गर्दछ । नेपालमा रेनो ट्राइबर भित्र्याउन पाउँदा हामी निकै खुशी छौं ।’

प्रकाशित मिति : ९ माघ २०७६, बिहिबार  ५ : २२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र