रेनो ट्राइबर– नयाँ सुपर स्पेस र अल्ट्रा मोड्युलर गेम चेन्जर नेपालमा सार्वजनिक « Khabarhub

रेनो ट्राइबर– नयाँ सुपर स्पेस र अल्ट्रा मोड्युलर गेम चेन्जर नेपालमा सार्वजनिक


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रेनो, नेपालको नम्बर एक यूरोपियन ब्राण्डले रु २८ लाख २० हजारको आकर्षक मूल्यमा नयाँ उत्पादन गेम चेन्जर–रेनो ट्राइबर बिहीवार नेपालमा सार्वजनिक गरेको छ ।

रेनो ट्राइबरले बि–सेगमेन्टका गाडीहरू खरिद गर्न चाहने ग्राहकलाई उच्च मूल्यांकन प्रस्ताव गर्दछ । रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी जो जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु छन् ।

‘हामी हाम्रो नयाँ गेम चेन्जर–रेनो ट्राइबर आज नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । अन्य बजारहरूमा जस्तै हामी आशावादी छौं कि यो विशाल, अल्ट्रा मोड्युलर गाडीले यो सेगमेन्टमा थुप्रै ग्राहकहरु आकर्षक गर्नेछ । यसको आकर्षक मूल्य निर्धारणका साथ गाडी खरिद गर्ने निर्णय गर्दा उच्च मूल्यांकन खोज्ने ग्राहकहरूका लागि रेनो ट्राइबर गाडी निकै उपयुक्त छ । रेनो ट्राइबरले भारतमा एक सफल अवधारणको रुपमा आफूलाई स्थापना गरिसकेको छ र ग्राहकबीच पनि ठुलो स्वीकार्यता देखिएको छ । हामी ट्राइबर परिवारलाई बढाउँदै हाम्रा अमूल्य ग्राहकहरुलाई यो परिवारमा स्वागत गर्न चाहन्छौं,’ रेनो इन्डिया अपरेसनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक वेंकटराम ममिलापल्ले भने ।

रेनो ट्राइबर आकर्षक रुपले डिजाइन गरिएको छ, कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । रेनो ट्राइबर नेपाली ग्राहकहरुको अपेक्षाहरुको पूर्ण विशलेषण हो जसले अपराजय लचिलोपन प्रदान गर्दछ । रेनो ट्राइबर वास्तविक गेम चेन्जर हो, यसको आधुनिक, फराकिलो तर कम्प्याक्ट, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने आकर्षक इन्टेरियर र विभिन्न आधुनिक तथा व्यवहारिक विशेषता भएको गाडी हो । रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फ्रिगेशनमा सबैभन्दा ठुलो बुट क्षमता छ ।

एडभान्स अटोमोबाइल प्रालिका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, ‘नेपालमा रेनो ब्राण्डलाई विस्तार गर्दै हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति छ । रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउने छ । रेनो ट्राइबरले कन्टेम्पोररी डिजाइन, आधुनिक विशेषता, धेरै स्पेश, रुमीनेश र भर्सटाइलिटी प्रदान गर्दछ । नेपालमा रेनो ट्राइबर भित्र्याउन पाउँदा हामी निकै खुशी छौं ।’

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ५ : २२ बजे

बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास

नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा ‘फायर बाइक’देखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको

सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा

काठमाडौँ– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको

गर्मीमा सीजीको ‘मास्टरस्ट्रोक’ : ‘फ्रस्टलाइन’ कुलर लाइनअप सार्वजनिक

काठमाडौं– सिजीले गर्मीलाई लक्षित गरी ‘फ्रस्टलाइन’ बजारमा ल्याएको छ । कम्पनीले नयाँ

खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम

काठमाडौं– राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि

नवलपरासीमा आगलागी : बाह्र घर जले, चार  करोड बढीको क्षति

नवलपरासी– पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन्