पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव कायमै, साँझपख हल्का बर्षा हुने | Khabarhub Khabarhub

पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव कायमै, साँझपख हल्का बर्षा हुने


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकभर पश्चिमी न्युन चापिय प्रणालीको असर कायमै रहेकाले आज साँझ पनि पहाडी भू – भागका केही स्थानमा हल्का बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको पूर्वानुमान गर्दै जारी गरेको विज्ञप्तिमा पश्चिमी न्युन चापिय प्रणालीको असरले देशभर आंशिक बदलीको अवस्था कायमै रहेको जनाएको छ ।

देशका पहाडी भू-भागका थोरै स्थानहरुमा आज  चट्याङसहित बर्षाको सम्भावना रहेको तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ |

सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने मध्य, पूर्वी तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार भने पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम साफा रहने महाशाखाको आंकलन छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : ५७ बजे

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजाआराधना गरिँदै

काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली