कोरोनाको महामारीले हिल्साको होटल व्यवसाय ठप्प « Khabarhub

कोरोनाको महामारीले हिल्साको होटल व्यवसाय ठप्प


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला –  चीनमा फैलिएको करोना भाइरसले पर्यटकीय चहल पहल ठप्प पारेपछि हुम्लाको हिल्सा क्षेत्रका होटल व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् ।

मानसरोवर कैलाशका लागि पर्यटकीय रुटका रुपमा पहिचान बनाएको हिल्साका होटेल व्यवसायी पर्यटक आवागमन नै नभएपछि ब्यवसाय बन्द गर्ने अवस्था सृजना भएको बताउँन थालेका हुन् ।

हिउँदे याम जसोतसो गुजारेका ब्यवसायीले आउँदो बैशाखदेखि सुरु हुने सिजन कस्तो रहला भन्ने चिन्ताले समेत सताउन थालेको छ ।

हिल्साका होटेल व्यवसायी कर्मा लामाका अनुसार आधा दर्जन पर्यटकीय होटेलसहित असी घरधुरी रहेको हिल्सा बजार अहिले पाँच जना हेरालुको भरमा रहँदै आएको छ ।

हिल्सामा आगामी वैशाखबाट सिजन हुने भए पनि अब के हुन्छ भन्ने चिन्ताले पिरोल्न थालेको लामाले बताए ।

हिल्साका होटेलहरुमा वैशाख तेस्रो सातापछि मानसरोवर कैलाशको सिजन शुरु हुने भएपछि भ्याई नभ्याई हुने गरेको थियो । तर, यसपाली भाईरसका कारण के हुने हो यसै भन्न सकिने अवस्था नभएको पर्यटन व्यवसायी रिन्जिन लामाले बताए ।

गत तीन वर्षदेखि हिल्सा नाका हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय पर्यटकको संख्या तीस हजार भन्दा बढी रहेको थियो । मानसरोवर कैलाशको सिजनमा हुम्लामा मात्र १५ करोड रुपैयाँ भन्दा बढी कमाई हुने गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ८ : ३६ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज