कोरोनाको महामारीले हिल्साको होटल व्यवसाय ठप्प « Khabarhub

कोरोनाको महामारीले हिल्साको होटल व्यवसाय ठप्प


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला –  चीनमा फैलिएको करोना भाइरसले पर्यटकीय चहल पहल ठप्प पारेपछि हुम्लाको हिल्सा क्षेत्रका होटल व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् ।

मानसरोवर कैलाशका लागि पर्यटकीय रुटका रुपमा पहिचान बनाएको हिल्साका होटेल व्यवसायी पर्यटक आवागमन नै नभएपछि ब्यवसाय बन्द गर्ने अवस्था सृजना भएको बताउँन थालेका हुन् ।

हिउँदे याम जसोतसो गुजारेका ब्यवसायीले आउँदो बैशाखदेखि सुरु हुने सिजन कस्तो रहला भन्ने चिन्ताले समेत सताउन थालेको छ ।

हिल्साका होटेल व्यवसायी कर्मा लामाका अनुसार आधा दर्जन पर्यटकीय होटेलसहित असी घरधुरी रहेको हिल्सा बजार अहिले पाँच जना हेरालुको भरमा रहँदै आएको छ ।

हिल्सामा आगामी वैशाखबाट सिजन हुने भए पनि अब के हुन्छ भन्ने चिन्ताले पिरोल्न थालेको लामाले बताए ।

हिल्साका होटेलहरुमा वैशाख तेस्रो सातापछि मानसरोवर कैलाशको सिजन शुरु हुने भएपछि भ्याई नभ्याई हुने गरेको थियो । तर, यसपाली भाईरसका कारण के हुने हो यसै भन्न सकिने अवस्था नभएको पर्यटन व्यवसायी रिन्जिन लामाले बताए ।

गत तीन वर्षदेखि हिल्सा नाका हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय पर्यटकको संख्या तीस हजार भन्दा बढी रहेको थियो । मानसरोवर कैलाशको सिजनमा हुम्लामा मात्र १५ करोड रुपैयाँ भन्दा बढी कमाई हुने गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ८ : ३६ बजे

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म