शरीरमा मुसा छ, झुक्किएर पनि नगर्नोस् यस्ता काम « Khabarhub

शरीरमा मुसा छ, झुक्किएर पनि नगर्नोस् यस्ता काम


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  शरीरमा मुसा आउनुले पनि आममानिस समस्या परिरहेका छन् ।

कसैकसैमा त लामो समय देखिको मुसाले हात, खुट्टा नै कुरूप पनि बनाएको हुन्छ । मेडिकल भाषामा “वार्ट” भनिने मुसा अरु केहि नभएर छालामा हुने एक किसिमको भाइरसको संक्रमण मात्र हो ।

शरीरमा आउने मुसाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । कतिपयलाई त मुसाका कारण शरीरका अंगहरु छोप्न पर्ने अवस्था समेत आउने गरेको छ ।

अनुहार, आँखीभौँ, आँखाको परेला, नाकको टुप्पो, हात, खुट्टामा समेत मुसा आइदिन्छ । जसले मानिसलाई कुरूप नै पनि बनाउँछ । यद्यपि, चिकित्सा विज्ञानले यसलाई छालारोग ठान्दछ ।

शरीरमा मुसा आउनुको मुख्य कारण ह्युमन पेपिलोमा नामक भाइरस हो । यस्तो भाइरसले स–साना, खस्रो, कडा खालको दर्दरहित दानाजस्ता मुसा उत्पादन गर्छ ।

केही मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि फैलने गर्छ । मुसा तोरीदेखि अंगुरको दानासम्मको आकारमा हुन्छ ।

यस्तो मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा भने सर्दैन । सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता रङका हुन्छन् ।

झुक्किएर पनि नगर्नोस् यस्ता काम

शरीरमा भएको मुसाबाट रगत आएमा, मुसा भएको ठाउँ निरन्तर चिलाएमा र  दुख्यो भने चिकित्सककहाँ जानुपर्छ । यस्तो लक्षणले क्यान्सरसमेत हुन सक्छ ।

१. कतिपयले घरमै वा पार्लर पुगेर मुसा हटाउने गर्छन् । जुन गलत हो ।

२. मुसाले अनावश्यक दुःख दिएको छैन भने त्यसलाई छोइरहनु हुँदैन । यदि मुसा दिनप्रतिदिन बढ्दै गएमा चिकित्सकबाट लेजरको प्रयोग गरी हटाउनुपर्छ ।
स्वस्थ मानिसमा करिव ३० प्रतिशत मुसा ६ महिनामा र ६० प्रतिशत एक वर्षमा आफै हराएर जान्छ । यदि मुसा सानो हुँदै गएमा र रगतका शिराका काला धब्बाहरु देखिएमा यो आफै हराएर जान् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १२ : २६ बजे

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र