तनहुँमा बस दुर्घटना हुँदा २० यात्रु घाइते | Khabarhub Khabarhub

तनहुँमा बस दुर्घटना हुँदा २० यात्रु घाइते


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतवार बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन् ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस एकापसमा ठक्कर खाँदा दुवै बसमा सवार २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये तीन जनालाई भरतपुरस्थित चितवन मेडिकल कलेज र एक जनालाई थप उपचारको लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

अन्य घाइतेको दमौलीस्थित रत्नहरि र एपोलो अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको ना ५ ख २८५६ नं को बसले गलत दिशामा आएर अर्को बसलाई ठक्कर दिएको थियो । दुर्घटनापछि केही बेर अवरुद्ध भएको सडक अहिले सुचारु छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १२ : ५१ बजे

अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री अभाव

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री अभाव

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै पहिलो

चितवन– न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल

थारू समुदायका एक हजार आठ सयजनाको रगत परीक्षण

कञ्चनपुर– जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट

चालु खाता र शोधनान्तर बचतमा

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता दुई खर्ब

बागवानीको आँप ५३ लाख बढीमा ठेक्का

सर्लाही– उष्ण प्रदेशीय बागवानी केन्द्र सर्लाही नवलपुरले ५३ लाख बढी