विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु « Khabarhub

विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आज सुरु भएको छ ।

मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ ।

१ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी(सीता) अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको हो ।

अति नै कठोर मानिएको धर्मरक्षा उद्देश्यसहित परिवारमा सुख शान्ति, पाप र रोग व्याधिबाट मुक्ति लाभको कामना गर्दै परिक्रमामा आएका श्रद्धालुहरुको भनाइ छ ।

परिक्रमाको तालिका यस्तो छ

•२०७६ फागुन ११ गते आइतबार हनुमाननगर_जनकपुरधाम

फागुन १२ गते सोमवार कल्यानेश्वर_भारत

फागुन १३ गते मंगलवार गिरिजा_स्थान_भारत

फागुन १४ गते बुधवार मटिहानी

फागुन १५ गते बिहीबार दिन जलेश्वर

फागुन १६ गते शुक्रवार मड़ई

फागुन १७ गते सनिवार ध्रुवकुण्ड

फागुन १८ गते आइतबार कञ्चनवन

फागुन १९ गते सोमवार पर्वता

फागुन २० गते मंगलवार धनुषाधाम

फागुन २१ गते बुधवार सतोखर

फागुन २२ गते बिहीबार औरही

फागुन २३ गते शुक्रवार करुणा_भारत

फागुन २४ गते सनिवार बिसौल_भारत

फागुन २५ गते आइतबार जनकपुरधाम

शुभम साहबाट

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  २ : १४ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको