विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु « Khabarhub

विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आज सुरु भएको छ ।

मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ ।

१ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी(सीता) अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको हो ।

अति नै कठोर मानिएको धर्मरक्षा उद्देश्यसहित परिवारमा सुख शान्ति, पाप र रोग व्याधिबाट मुक्ति लाभको कामना गर्दै परिक्रमामा आएका श्रद्धालुहरुको भनाइ छ ।

परिक्रमाको तालिका यस्तो छ

•२०७६ फागुन ११ गते आइतबार हनुमाननगर_जनकपुरधाम

फागुन १२ गते सोमवार कल्यानेश्वर_भारत

फागुन १३ गते मंगलवार गिरिजा_स्थान_भारत

फागुन १४ गते बुधवार मटिहानी

फागुन १५ गते बिहीबार दिन जलेश्वर

फागुन १६ गते शुक्रवार मड़ई

फागुन १७ गते सनिवार ध्रुवकुण्ड

फागुन १८ गते आइतबार कञ्चनवन

फागुन १९ गते सोमवार पर्वता

फागुन २० गते मंगलवार धनुषाधाम

फागुन २१ गते बुधवार सतोखर

फागुन २२ गते बिहीबार औरही

फागुन २३ गते शुक्रवार करुणा_भारत

फागुन २४ गते सनिवार बिसौल_भारत

फागुन २५ गते आइतबार जनकपुरधाम

शुभम साहबाट

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  २ : १४ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका