डोला उठाउँदै प्रचण्डले गरे मिथिला परिक्रमाको उद्घाटन(फोटो फिचर) « Khabarhub

डोला उठाउँदै प्रचण्डले गरे मिथिला परिक्रमाको उद्घाटन(फोटो फिचर)


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिथिला परिक्रमाको उद्घाटन गरेका छन् ।

आइतवार मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट निकालिएको डोला उठाउँदै अध्यक्ष प्रचण्डले मिथिला परिक्रमाको उद्घाटन गरेका हुन् । प्रचण्डले डोला केही परसम्म उठाएका थिए ।

हेलिकप्टरबाट मिथिलाविहारी मन्दिर पुगेका अध्यक्ष ‘प्रचण्ड’ले हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरेका थिए ।

परिक्रमाको उद्घाटन गर्दै प्रचण्डले धर्मशाला बनाउनका लागि पार्टी र आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए ।

मिथिला मध्यमा परिक्रमा नेपाल र भारतको लागि महाकुम्भ भएको भन्दै प्रचण्डले दुवै देशको धार्मिक संस्कृति बुझ्न यसले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।

मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ ।

१ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी(सीता) अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको हो ।

अति नै कठोर मानिएको धर्मरक्षा उद्देश्यसहित परिवारमा सुख शान्ति, पाप र रोग व्याधिबाट मुक्ति लाभको कामना गर्दै परिक्रमामा आएका श्रद्धालुहरुको भनाइ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  २ : ३५ बजे

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं– एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट

बुटवलमा पनि घरटहरा हटाउन थालियो

लुम्बिनी– बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको

अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती

काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने

मनोहरा सुकुम्वासी बस्तीबाट बिरामीको उद्धार (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा