सुर्खेतमा ३ सहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५८४ पुगे « Khabarhub

सुर्खेतमा ३ सहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५८४ पुगे


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा दिएको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ ।

डा देवकोटका अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उनीहरुको आरडीटी विधिबाट गरिएको परीक्षणमा पाजेटिभ देखिएपछि सेती अस्पतालको आइसोलेसनमा राखेर पीसीआर परीक्षण गरिएको थियो ।

सेती अस्पतालमा थपिएका ४ जना संक्रमितहरु वैतडी शिवथान गाउँपालिकाका २०, २० , २२ र २७ वर्षका रहेका छन् । त्यस्तै कोशी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा झापाका डिल्लिराज माविको क्वारेन्टाइमा रहेका एकजना ३३ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाँकेको नरैनापुर मधरसाका ६ जना रहेका छन् । उनीहरु १७ देखि ३२ वर्ष सम्मका पुरुष रहेका छन् ।

यस्तै नरैनापुर–३ बाँकेका राष्ट्रिय प्राविको क्वारेन्टाइमा रहेका १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै बाँकेकै नरैनापुर– १ को राष्ट्रिय प्राविमा महाकनियामा गरिएको नमूना संकलनमा ६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बर्दियाका १९ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुर्खेतको प्रयोगशालमा पनि १ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म ४५ हजार ७ सय ५७ वटा नमूना परीक्षण गरिएको छ । यस्तै गत २४ घण्टामा ३ हजार ४ सय ९४ वटा नमूना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ४ : २६ बजे

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी