मुक्तिनाथ विकास बैंकको कर्जासम्बन्धी विशेष सुविधा कार्यान्वयनमा, ४८ घण्टाभित्र कर्जा स्वीकृत हुने « Khabarhub

मुक्तिनाथ विकास बैंकको कर्जासम्बन्धी विशेष सुविधा कार्यान्वयनमा, ४८ घण्टाभित्र कर्जा स्वीकृत हुने


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक आकर्षक कर्जा योजना कार्यान्वयनमा ल्याएको छ ।

विशेष लाभ योजनाअन्तर्गत बैंकले अधिकांश कर्जाहरूमा सीमित अवधिका लागि आकर्षक सुविधाहरू प्रदान गर्ने जनाएको छ ।

बैंकका अनुसार न्युनतम ब्याजदर, ४८ कार्य घण्टाभित्र कर्जा स्वीकृत, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट लगायतका सुविधा दिइने छ । यस्तै एक वर्षसम्म कर्जा स्वीकृत हुँदा निर्धारित ब्याजदरमा परिवर्तन हुनेछैन् भने कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत मात्र हुने लिइने जनाइएको छ ।

बैंकका सूचना अधिकारी तिलवहादुर गुरूङ्गद्वारा जारी विज्ञप्तिअनुसार बैंकले विना शुल्क लकरको सुविधा दिनुका साथै  कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरे  ब्याजदरमा २ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु प्रदान गर्दै आएको मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ८ : ३७ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण