मुक्तिनाथ विकास बैंकको कर्जासम्बन्धी विशेष सुविधा कार्यान्वयनमा, ४८ घण्टाभित्र कर्जा स्वीकृत हुने « Khabarhub

मुक्तिनाथ विकास बैंकको कर्जासम्बन्धी विशेष सुविधा कार्यान्वयनमा, ४८ घण्टाभित्र कर्जा स्वीकृत हुने


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक आकर्षक कर्जा योजना कार्यान्वयनमा ल्याएको छ ।

विशेष लाभ योजनाअन्तर्गत बैंकले अधिकांश कर्जाहरूमा सीमित अवधिका लागि आकर्षक सुविधाहरू प्रदान गर्ने जनाएको छ ।

बैंकका अनुसार न्युनतम ब्याजदर, ४८ कार्य घण्टाभित्र कर्जा स्वीकृत, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट लगायतका सुविधा दिइने छ । यस्तै एक वर्षसम्म कर्जा स्वीकृत हुँदा निर्धारित ब्याजदरमा परिवर्तन हुनेछैन् भने कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत मात्र हुने लिइने जनाइएको छ ।

बैंकका सूचना अधिकारी तिलवहादुर गुरूङ्गद्वारा जारी विज्ञप्तिअनुसार बैंकले विना शुल्क लकरको सुविधा दिनुका साथै  कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरे  ब्याजदरमा २ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु प्रदान गर्दै आएको मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ८ : ३७ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार