रूसी सरकारका आलोचक नाभाल्नीलाई उपचारका लागि जर्मनी लगियो | Khabarhub Khabarhub

रूसी सरकारका आलोचक नाभाल्नीलाई उपचारका लागि जर्मनी लगियो


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसी सरकारका कट्टर आलोचक एलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी पुर्‍याइएको छ ।

विषाक्त चिया पिएपछि गम्भीर विरामी परेको आशंका गरिएका ४४ वर्षीय नाभाल्नीलाई शनिबार अबेर विमान मार्फत जर्मनी लगिएको हो ।

उनलाई विशेष विमान मार्फत नाभाल्नीलाई शनिबार अबेर साइबेरियाबाट जर्मनी लगिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

विमानमा रहेका बेला बिरामी परेर कोमामा गएका नाभाल्नीको उपचार गरिरहेका डाक्टरहरु उनलाई जर्मनी जान नदिने पक्षमा रहेकोमा पछि विमान मार्फत जर्मनी लगेर उपचार गर्न दिन सहमत भएका थिए ।

यसअघि नाभाल्नीको साइबेरियन शहर ओम्स्कमा उपचार भएको थियो ।नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ९ : ४७ बजे

जोर्डनद्वारा उत्तरी गाजामा पाँच वटा एयरड्रप सहायता प्रदान

अम्मान– जोर्डन सशस्त्र सेना-अरब सेनाले आइतबार उत्तरी गाजा पट्टीका विभिन्न

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था

जसपा फुटको असर : लुम्बिनी सरकारमा फर्किए राजीनामा दिएका भण्डारीलाल

काठमाडौं – गत वैशाख ८ गते राजीनामा दिएर बाहिरिएका लुम्बिनी

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

नवलपरासी– पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा

महोत्तरीबाट करिब ५० किलो गाँजा बरामद

महोत्तरी– औरही नगरपालिका-८ टिमकियाबाट अवैध लागूऔषध गाँजा करिब ५० किलो