अमेरिकामा थप ७४ हजारमा संक्रमण, संक्रमित संख्या ८६ लाखभन्दा बढी « Khabarhub

अमेरिकामा थप ७४ हजारमा संक्रमण, संक्रमित संख्या ८६ लाखभन्दा बढी


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना संक्रमितको संख्या ८६ लाख नाघेको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७४ हजार ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८६ लाख ६१ हजार ६५१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५६ लाख ५५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २७ लाख ७७ हजार ९६९ जनामध्ये १५ हजार ९०९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २८ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थप ९७३ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख २८ हजार ३८१ पुगेको छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ८ : ०४ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६