मुख्यमन्त्री शाहीविरूद्धको अविश्वास प्रस्ताव अस्वीकृत « Khabarhub

मुख्यमन्त्री शाहीविरूद्धको अविश्वास प्रस्ताव अस्वीकृत


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पेस भएको अविश्वासको प्रस्ताव उनकै पार्टी नेकपाबाट बहुमतले अस्वीकृत भएको छ ।

नेकपा संसदीय दलको शुक्रबार बसेको बैठकले बहुमतका आधारमा प्रस्ताव अस्वीकृत गरेको सचेतक कुर्मराज शाहीले बताए । प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा बसेको बैठकमा १८ जना सांसद उपस्थित थिए । सबै सांसदले प्रस्तावको विपक्षमा मत जाहेर गरेका छन्।

बैठकमा पूर्वमाओवादी पक्षका ११ जना र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका ८ जना उपस्थित थिए । अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहका कँडेलसहित ११ जना र पूर्वमाओवादी समूहका सांसदहरु धर्मराज रेग्मी र पुष्पा घर्ती भने बैठकमा अनुपस्थित थिए ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् । सांसद यामलाल कँडेलको अगुवाइमा असोज २५ गते १८ जना सांसदले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये ९ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि प्रस्ताव अल्पमतमा परेको थियो ।

नेकपा प्रदेशसभा दलको विधान–२०७५ को दफा २४ मा दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने उल्लेख छ । उक्त प्रस्तावबारे १५ दिनभित्र बैठक बसाली निर्णय लिइसक्नुपर्छ ।

शुक्रबारको बैठकले दफा २४ (४) बमोजिम बहुमतको आधारमा निर्णय गरेको प्रमुख सचेतक नेपालीले बताइन् । विधानको दफा २४ (५) बमोजिम दलका नेताविरुद्ध वर्षमा एक पटकमात्र अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्छ । यस हिसाबले मुख्यमन्त्री शाहीमाथि संसदीय दलबाट हुन सक्ने संकट अब एक वर्षलाई टरेको छ ।

असोज २५ गते अविश्वासको प्रस्ताव पेस भएपछि उत्पन्न विवाद समाधान गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले विवादित पक्षलाई काठमाडौं बोलाए पनि ओली र दाहालबीच कुरा नमिल्दा विवाद समाधान भएको थिएन।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १२ : ५७ बजे

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न