आज २०७७ मंसिर ८ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०७७ मंसिर ८ गते सोमबारको राशिफल


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ मंसिर ८ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष

आजको दिन मध्यम खालको छ । दुःख, सुख राम्रो नराम्रो सबै बराबरखालको समय छ । नयाँ कामको सुरूवात भएपनि उत्साह त्यति नहुँन सक्छ । आर्थिक पक्ष सबल नै रहने छ । खर्च पनि बढ्नेछ । पारिवारिक सद्भाव बढे पनि प्रेमी प्रेमिकाबीच खटपट हुन सक्छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ला

बृष

अनुहारमा कान्ती र मनमा शान्ति छाउनेछ । आम्दानीका स्रोत बढ्नेछन् । दाजुभाइसँग सम्बन्ध प्रगाढ हुनेछ । सरकारी निकायबाट भय भए पनि मुद्दामामिलामा तपाईँकै जित हुनेछ । पितासँगको सल्लाहमा गरेको काममा सफलता मिल्ला । शैक्षिक क्षेत्र ठीकै होला । सन्तान सुख मिल्ला ।

मिथुन

विपरित वर्गप्रतिको आकर्षण बढ्ला । स्वास्थ्य सुधारोन्मुख हुँदै जानेछ । खर्च बढ्नेछ । मन मिल्नेहरूबीच लामो यात्राको योजना बन्न सक्नेछ । कृषि क्षेत्रका काममा सफलता मिल्ला । शैक्षिक क्षेत्र सोचेजस्तो नहोला । वैदेशिक क्षेत्र सफल रहला । श्रीमान श्रीमतीबीचको सम्बन्ध सुधार हुनेछ । छोराछोरीको स्वास्थ्यका कारण चिन्ता बढ्न सक्नेछ ।

कर्कट

धार्मिक क्षेत्रमा मन जानेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । रोकिएको काम बन्न सक्छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। यात्रामा सावधानी अपनाउनु होला । खानपानमा ख्याल नगर्दा स्वास्थ्य विग्रन सक्नेछ ।

सिंह

आकस्मिक धन लाभ हुन सक्नेछ । बैदशिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तसँग पुनर्मिलनको योग छ । आफ्ना योजना गोप्य राखेर गरेको काममा सफलता मिल्ला ।

 कन्या

धनआर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । सही समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्यमा सफलता मिल्ला । शेयरको कारोवारमा सफलता मिल्ला । अधुरा कामले पूर्णता पाउन सक्छ । प्रेम सम्बन्धमा खटपट आउन सक्छ । अनावश्यक दबाब झेल्नु पर्ला ।

 तुला

बिद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अघि बढ्नेछन । प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । बेलुकापखबाट स्वास्थ्यमा समस्या आउन सक्नेछ ।

बृश्चिक

साथीभाईसँग रमाइलो यात्रा हुन सक्छ । परिवारका सदस्यसँगको समय व्यतित हुँदा मन प्रफुल्लित हुनेछ । आम्दानीका नयाँ नयाँ बाटा पहिल्याइनेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । अध्ययन अध्यापन मध्यम रहनेछ । विपरित वर्गप्रतिको आकर्षण बढ्ला ।

 धनु

अनावश्यक झमेलामा फसिएला । सरकारी निकायको भय होला । नजिकका ब्यक्ति नै काम विगार्न लागि पर्लान् । आर्थिक कारोबार गर्दा बिचार पुर्‍याउनुहोला । निर्णय लिनमा दुविधा होला । दिनको उत्तरार्धमा आफू अनुकुलको समय बन्ला । सुभ समाचारले मन हर्षित होला ।

 मकर

अनावश्यक झै झमेलामा फसिएला । खर्च बढ्नेछ । दिनको उत्तरार्धमा सुखद् समाचार सुन्न पाइएला । नजिकको मित्रबाट सहयोग रहनेछ । प्रेमी प्रेमिकाबीच पुनर्मिलनको योग छ । यात्रामा साबधानी अपनाउनु होला । शैक्षिक क्षेत्र ठीकै रहनेछ ।

कुम्भ

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । दाम, नाम र प्रतिष्ठा कमाउने बेला छ । विशेष काममा जग बसाउने अवसर जुट्नेछ। प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ सहयोग मिल्नेछ । आर्थिक कारोबारमा मन्दी आउन सक्छ ।

मीन

आकस्मिक धन लाभ होला । शत्रुहरू परास्त हुनेछन् । विरोधीहरूले तारिफ गर्न थाल्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। अग्रजको साथ सहयोगले आत्मबल बढ्नेछ । नयाँ काम गर्नेहरूका लागि शुभ अवसर छ । योजना गोप्य राख्नु हितकर हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ५ : २९ बजे

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं–  रूपन्देहीको  बुटवल उपमहानगरपालिका-२ फूलबारी बस्ने ५५ वर्षीया अनिता विश्वकर्माको घरमा विद्युत्

बनेपाबाट सात जना जुवाडे पक्राउ

काभ्रेपलाञ्चोक–  बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोटी– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपायल सिलगढी नगरपालिका-१ ढार्चुम्मा

सुकुम्बासी बस्ती उठाउने बालेनको निर्णयविरुद्ध जेन-जीको समूह, समस्या नबुझी डोजर नचलाउन चेतावनी

काठमाडौं- काठमाडौंको बागमती र मनोहरा किनारसहितका सुकुम्बासी बस्ती उठाउने मेयर

कांग्रेसको नजरमा आलम : लोकतन्त्रका लागि लडे, पटक पटक जेल जीवन बिताए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा