कांग्रेस तत्काल 'सत्ता साझेदार' बन्दैन : नेता महत | Khabarhub Khabarhub

कांग्रेस तत्काल ‘सत्ता साझेदार’ बन्दैन : नेता महत


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु–  नेपाली कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार बनेर सरकारमा नजाने बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेट सामान्य रहेको भन्दै सत्ता साझेदारीका लागि भएको भन्ने कुरा गलत भएको बताएका हुन ।

‘कांग्रेसलाई जनताले प्रतिपक्षमा बस्न मत दिएका छन्,’ उनले भने, ‘त्यसको हामी सम्मान गर्छौं ।’

भ्रष्टचारलाई प्रश्रय दिएको सरकारले अहिले विदेशी हस्तक्षेप बढाएर राष्ट्रियताको खोक्रो नारा दिइरहेको समेत उनले आरोप लगाए ।

नेकपाको दुई तिहाईको सरकारले जनतालाई अभाव, समस्या र पीडा मात्र दिएको भन्दै अब आउने निर्वाचन कांग्रेसले अवसरको रुपमा लिएर पूरै सदुपयोग गर्ने बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : ५५ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७