एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित « Khabarhub

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ ।

जाजरकोटमा आईतवार आयोजित एक कार्यक्रमका बिच एन आई सी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा.राम प्रसाद मैनालीले सम्मानीत गरेका हुन् ।

जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रिय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो ।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा केन्द्रिय कार्यालय स्थापना गरी देशैभरि शाखा संचालन विस्तार गरि छोटो अवधिमा नै सरकार प्रतिको दायित्वमा आयकर मार्फत उत्कृष्ट योगदान गर्न सफल भएकोमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड गौरवान्भित भएको छ ।

संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत करीव ११ लाख रुपैयाँ र आयकर अन्तर्गत करिव ८ करोड ४६ लाख रुपैयाँ गरि राजस्वमा जम्मा ८ करोड ५७ लाख रुपैयाँ योगदान गरेको छ । दुर्गम स्थानबाट सेवा प्रदान गरी यति धेरै योगदान राजश्वमा गर्न सकिएकोमा एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. गौरवान्वित भएको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : २२ बजे

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे-मार्तडी सडक सञ्चालनमा आएको

जापानी चिप रसायनमा चीनले लगायो ९९.२ प्रतिशतसम्म एन्टि–डम्पिङ शुल्क

बेइजिङ- चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मंगलबारदेखि