‘थोरैमा सन्तुष्ट भएर बाँच्नु नै सबैभन्दा ठूलो सम्पत्ति हो’ « Khabarhub

‘थोरैमा सन्तुष्ट भएर बाँच्नु नै सबैभन्दा ठूलो सम्पत्ति हो’


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दार्शनिक प्लेटोको जन्म एथेन्सको नजिकै ईजिना नामक द्वीपमा भएको थियो । उनको परिवार एक सामन्त वर्गको थियो ।

उनका पिता अरिस्टोन र माता पेरिक्टोन इतिहासका प्रसिद्ध कुलीन नागरिक हुन् । ४०४ ईसाईपूर्वमा उनले सुकरातबाट शिक्षा लिएका थिए ।

यहाँ हामीले दार्शनिक प्लेटोका केही महान भनाइहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि जिवन उपयोगी बन्न सक्छन् ।

– प्रत्येकसँग नम्र बोल,किनभने तिमीले जसलाई भेट्छौ उ पनि आफैमा कुनै कठिन लडाई लडिरहेको हुनसक्छ ।

– ज्ञान भनेको आफूभित्र भएको कुरालाई फेरी पत्ता लगाउँनु हो ।

– गरिबीको कारण सम्पत्तिको कमी होइन,चाहनाहरु धेरै भएर हो ।

– शिक्षा भनेको हाम्रा सन्तानलाई राम्रा कुराको चाहना गर्न सिकाउँनु हो ।

– हामी जे कुराको इच्छा राख्छौँ,कालान्तरमा हामी त्यहि बन्छौँ ।

– सबैभन्दा ठूलो सम्पत्ति भनेको थोरुैमा सन्तुष्ट भएर बाँच्नु हो ।

– सोच्नु भनेको नितान्त आफ्नै आत्मासँग कुरा गर्नु हो ।

– सबैभन्दा पहिलो र सबैभन्दा उत्कृष्ट जित भनेको आफूमाथि विजय पाउँनु हो ।

– आफ्नो गुफा भन्दा बाहिर निस्किनु मेरो साथी हो, हो बाहिर केहि चिसो छ, तर त्यहाँबाट आकाशका ताराहरु धेरै सुन्दर देखिन्छन् ।

– सत्य बोल्नेलाई जति घृणा अरु कसैलाई गरिँदैन ।

– जसले सिकीमात्रै रहन्छ तर केहि गर्दैन भने त्यस्तो व्यक्तिले जोत्छ मात्रै केहि गर्न सक्दैन ।

– जसले कुनै शक्तिको इच्छा राख्दैन उ नै सो शक्ति पाउँने उपर्युक्त व्यक्ति हो ।

– सबै भन्दा खराब न्याय भनेको न्याय दिएको जस्तो नाटक गर्नु हो ।

– आफ्नो सन्तानलाई तपाईको इच्छा अनुसार हिँड्न बाध्य नगराउनुहोस्, उनीहरु छुट्टै समयको लागि बनेका हुन् ।

– तीन श्रोतहरुबाट मानिसको व्यवहार प्रदर्शित हुन्छ,चाहना,भावना र ज्ञान ।

– कसैले जति नै ढिला भए पनि निरन्तर केहि न केहि प्रगति गरिरहेको छ भने,त्यसलाई निरुत्साहित पार्ने काम नगर, यदि तिमी स्वयं नै त्यो व्यक्ति होउ भने पनि ।

– वास्तविकता भनेको हाम्रो मस्तिष्कमा श्रृजित हुने कुरा हो,यदि हामीले आफ्नो सोच बदल्छौँ भने वास्तविकता आफै बदलिन्छ ।

– यदि तिमी सरकारको चालचलन प्रति कुनै महत्व राख्दैनौँ भने तिमी मूर्खहरुद्वारा शासित हुन बाध्य हुन्छौ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : ०५ बजे

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,