चिनी उद्योग सञ्चालन शुरु « Khabarhub

चिनी उद्योग सञ्चालन शुरु


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- हरिवन नगरपालिका–११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम शुरु गरेको छ ।

यस वर्षका लागि उद्योग सञ्चालन गर्न मङ्सिर २६ गते डोङ्गा पूजा गरिएको र सोही अनुसार किसानलाई जानकारी पनि गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए ।

उनका अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गत वर्ष उद्योगले २६ लाख ६७ हजार ९७१ क्वीन्टल उखु क्रसिङ गरेको यस उद्योगले दशैँअघि नै उखु उत्पादक किसानको सम्पूर्ण भुक्तानी गरेको थियो ।

जिल्लामा तीन वटा चिनी उद्योग रहेका भए पनि इन्दुशङ्कर उखु उत्पादक किसानको भुक्तानी चुक्ता गर्ने एक मात्र उद्योग रहेको उखु प्रबन्धक रजकले बताए ।

जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले उखु उत्पादक किसानको गत वर्षको भुक्तानी नगरेसम्म मिल सञ्चालन गर्न नदिइने उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।

यी दुबै उद्योगविरुद्ध जिल्लाका उखु उत्पादक किसानले काठमाडौँमा आन्दोलन गरिरहेका छन् । गत वर्ष सञ्चालनमा आउन नसकेको अन्नपूर्ण चिनी उद्योगले किसानलाई तीन/चार वर्षदेखिकै भुक्तानी दिन बाँकी छ ।

दुई वर्ष उखु क्रसिङ गरिसकेको महालक्ष्मी चिनी उद्योगले यो वर्ष पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ । उद्योगले आफ्नो तर्फबाट सम्पूर्ण भुक्तानी गरिसकेको दाबी गर्दै आए पनि किसानले भने सो उद्योगबाट पनि केही रकम पाउन बाँकी रहेको भन्दै आन्दोलन गरिरहेका छन् ।

उद्योग मन्त्रालयद्वारा गठित कार्यदलले यसवर्षका लागि किसानलाई प्रतिक्विन्टल उखुको मूल्य रु ५४४ दिन सिफारिस गरिसकेको छ ।

यता किसानले भने सो मूल्य मान्य नहुने भन्दै उखुको मूल्य प्रतिक्विन्टल रु ६१७ कायम हुनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  १ : २० बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर