चितवनमा टाटा मोर्टर्स र्कार्निभल शुरु « Khabarhub

चितवनमा टाटा मोर्टर्स र्कार्निभल शुरु


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको ‘टाटा मोटर्स कार्निभल’ चितवनमा सुरु भएको छ ।

सिप्रदी ट्रेडिङ र सिप्रदी ट्रेडिङको बिक्रेता शेखर मोटर्सको सहकार्यमा माघ ९ गते बिहीबारदेखि सुरु भएको कार्यक्रम माघ ११ गते शनिबारसम्म चल्नेछ ।

चितवनको भरतपुर—९, हाकिमचोकमा भइरहेको ‘टाटा मोटर्स कार्निभल’मा बिहान ११ बजे देखि साँझ ७ बजेसम्म ग्राहकहरु सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

चितवनमा पहिलो पटक भइरहेको यस मेलामा ग्राहकहरुले एकै ठाँउबाट विभिन्न मोडलका गाडी किनबेचको सुविधा प्राप्त गर्नुका साथै आफ्नो कुनै पनि पुरानो गाडी, नयाँ गाडीसँग साट्न सक्नेछन् ।

मेलामा ग्राहकहरुले अन द स्पट फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्यांकन र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउने र ग्राहकहरुमध्ये एक जोडीका लागि सिंगापुर भ्रमण अथवा आकर्षक छुट पनि रहेको छ ।

मेलामा निःशुल्क प्रवेश,प्रत्येक टेस्ट ड्राइभ र मूल्यांकनमा उपहार, एक वर्षको लागि सडक कर छुट, संगीत, नृत्य तथा खेलकुदका साथै लाइभ पेन्टिङ, फोटो शुटलगायत आकर्षण रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ३ : १० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र