चितवनमा टाटा मोर्टर्स र्कार्निभल शुरु « Khabarhub

चितवनमा टाटा मोर्टर्स र्कार्निभल शुरु


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको ‘टाटा मोटर्स कार्निभल’ चितवनमा सुरु भएको छ ।

सिप्रदी ट्रेडिङ र सिप्रदी ट्रेडिङको बिक्रेता शेखर मोटर्सको सहकार्यमा माघ ९ गते बिहीबारदेखि सुरु भएको कार्यक्रम माघ ११ गते शनिबारसम्म चल्नेछ ।

चितवनको भरतपुर—९, हाकिमचोकमा भइरहेको ‘टाटा मोटर्स कार्निभल’मा बिहान ११ बजे देखि साँझ ७ बजेसम्म ग्राहकहरु सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

चितवनमा पहिलो पटक भइरहेको यस मेलामा ग्राहकहरुले एकै ठाँउबाट विभिन्न मोडलका गाडी किनबेचको सुविधा प्राप्त गर्नुका साथै आफ्नो कुनै पनि पुरानो गाडी, नयाँ गाडीसँग साट्न सक्नेछन् ।

मेलामा ग्राहकहरुले अन द स्पट फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्यांकन र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउने र ग्राहकहरुमध्ये एक जोडीका लागि सिंगापुर भ्रमण अथवा आकर्षक छुट पनि रहेको छ ।

मेलामा निःशुल्क प्रवेश,प्रत्येक टेस्ट ड्राइभ र मूल्यांकनमा उपहार, एक वर्षको लागि सडक कर छुट, संगीत, नृत्य तथा खेलकुदका साथै लाइभ पेन्टिङ, फोटो शुटलगायत आकर्षण रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ३ : १० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि