८ लाख घुससहित गाउँपालिकाका अध्यक्ष पक्राउ « Khabarhub

८ लाख घुससहित गाउँपालिकाका अध्यक्ष पक्राउ


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

स्थानीय स्तरमा निर्मित सडकको बिल भुक्तानीबापत लिएको घुससहित गाउँपालिका अध्यक्ष केसी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले अध्यक्ष केसीलाई ८ लाख घुस रकम लिँदा लिँदै पक्राउ गरेको हो ।

केसीसँगै रहेका अर्का व्यक्ति चन्द्र बहादुर बस्नेत पनि पक्राउ परेका छन् । घुस लेनदेन प्रकरणमा संलग्न रहेको देखिएपछि बस्नेतलाई पनि पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ५ : ३५ बजे

अब्राहम लिङ्कन विमानवाहक पोतमा के भएको हो ?

वाशिङ्टन- अमेरिकी नौसेनाको विमानवाहक पोत युएसएस अब्राहम लिङ्कनभित्रको अवस्थालाई लिएर

किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका

पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग,

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान