ट्रम्पको सुरक्षाका लागि खटाइयो ५ वटा लंगुर « Khabarhub

ट्रम्पको सुरक्षाका लागि खटाइयो ५ वटा लंगुर


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दुई दिने राजकीय भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई अहमदाबाद एयरपोर्टमा स्वागत गरे । पत्नी मेलानिया र छोरी इवांकाका साथ भारत भ्रमणमा आएका ट्रम्पको सुरक्षाका लागि भारत सरकारले विशेष व्यवस्था गरेको छ ।

ट्रम्पको सुरक्षाका लागि मात्रै प्रत्यक्ष रुपमा १ लाखको हाराहारीमा सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ । ट्रम्पको भ्रमणका दौरान सुरक्षा व्यवस्थापनमा मात्रै भारत सरकारले १ अर्ब भारतीय रुपैयाँ भन्दा बढी खर्च हुने जनाएको छ ।

सुन्दा अचम्म लाग्ला, ट्रम्पको सुरक्षाका लागि आधुनिक हतियारले सु–सज्जित सुरक्षाकर्मी मात्रै हैन, लंगुर (ढेडु) पनि परिचालन हुनेछन् ।

भारत सरकारले राष्ट्रपति ट्रम्पको सुरक्षाका लागि ५ वटा लंगुर परिचालन गर्ने भएको छ ।

ट्रम्पले आग्रास्थित ताजमहलको भ्रमण (अवलोकन) गर्ने क्रममा ती लंगुरहरुलाई परिचालन गरिने जनाइएको छ ।

भारतको आग्रा शहर देशकै सबैभन्दा बढी बाँदर आतंक हुने ठाउँको रुपमा चिनिन्छ । ताज महलमा पनि बाँदरले उत्पात मच्चाउने गर्छन् ।

तिनै बाँदरका कारण उत्पन्न हुने सुरक्षा चुनौतीको सामना गर्न भारत सरकारले ५ वटा लंगुरलाई सुरक्षाका लागि परिचालन गर्न लागेको हो ।

लंगुरलाई देखेपछि बाँदरहरु भाग्ने गर्छन् । ठूलो संख्यामा मानवीय जनशक्ति परिचालन गर्दा पनि बाँदर भगाउन नसकिएपछि सरकारले लंगुर परिचालन गरेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १ : २३ बजे

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध