कर्णालीमा उत्पादन हुने कृषि उपज अब सडकमै पाइने « Khabarhub

कर्णालीमा उत्पादन हुने कृषि उपज अब सडकमै पाइने


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म– कर्णालीमा उत्पादन हुने कृषि उपजका वस्तु अब कर्णाली राजमार्गमा नै पाइने भएका छन् । कर्णालीका स्थानीय उत्पादन बजारीकरणमा समस्या भएपछि कालीकोटको तिलागुफा नगरपालिकाले कर्णालीमा उत्पादन हुने कृषि तथा खाद्य वस्तुलाई कर्णाली राजमार्ग नै पाउनका लागि कोसेली घर सञ्चालन गर्ने भएको हो ।

कर्णालीमा उत्पादन हुने कृषि वस्तु तथा खाद्य बाली फापर, आलु, स्याउ, ओखर, चिनो, कागुनो, रातो मार्सी धान, जडीबुटीबाट बनेका वस्तुहरु, तिला कर्णालीका असला माछाको सुकुटीलगायतका खाद्यान्नको सहज उपलब्धताका लागि कर्णाली राजमार्गका विभिन्न स्थानमा कोसेली घर स्थापना हुने भएका छन् ।

कृषि उपजका वस्तु बजारीकरणका लागि कर्णाली राजमार्गमा तिलागुफा नगरपालिकाले कोसेली घर स्थापना गर्ने अभियान नै थालेको हो । स्थानीय उत्पादन बजारीकरणका लागि राजमार्गका छेउमा करिब १५ घर स्थापना हुन लागेको हो । कोसेली घर स्थापनाले युवालाई रोजगारीको अवसर सिर्जना गर्नुका साथै कर्णालीका कृषि तथा खाद्य वस्तुहरु उत्पादनमा वृद्धि गर्ने उद्देश्य नगरपालिकाले राखेको छ ।

कर्णालीमा उत्पादन हुने फापर, आलु, स्याउ, ओखर, चिनो, कागुनो, रातो मार्सी धान, जडीबुटीबाट बनेका वस्तुहरु, तिला कर्णालीका असला माछाको सुकुटी कोसेली घरमा राखेर बिक्री गर्ने तयारी थालिएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । ‘कर्णालीमा उत्पादन हुने स्थानीय बालीको बजारीकरण गर्नका लागि कोसेली घरको स्थापना गर्न थालेका छौं,’ उनले भने, ‘कर्णालीमा उत्पादन हुने वस्तुको बजारीकरणबाट राम्रो फाइदा लिन सकिन्छ ।’

कर्णालीमा उत्पादन हुने वस्तु बजारमा राम्रो माग भए पनि त्यसको बजारीकरण नहुँदा समस्या भएको र त्यसको बजारीकरणका लागि कर्णाली राजमार्ग छेउछाउमा कोसेली घर स्थापना गरेर बाहिरबाट आउने पर्यटकका लागि बिक्री वितरणका लागि सजिलो होस् भनेर राजमार्गमा नै कोसेली घर स्थापना गर्न लागिएको प्रमुख शाहीले बताए ।

‘कर्णालीमा उत्पादन हुने वस्तुको माग निकै बढेको छ,’ उनले भने, ‘कर्णालीमा उत्पादन हुने कृषि वस्तु सहजै अरूले बिक्री वितरण गर्न पाउन् भनेर राजमार्गको छेउछाउमा कोसेली घर स्थापना गर्न लागिएको हो ।’

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ४ : ०७ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००